नागार्जुन नगरपालिका वडा नं २ को वडा कार्यालय भवन उद्घाटन

कपन अनलाइन

 काठमाडौं, पौष १८। नागार्जुन नगरपालिका वडा नं २ को वडा कार्यालय भवन उद्घाटन गरिएको छ । नागार्जुन नगरपालिका वडा नं २ तीनघरेमा करिब दुइ करोडको लागतमा निर्माण गरिएको उक्त भवनको शनिबार एक कार्यक्रमका बीच नगरपालिका प्रमुख मोहन बहादुर बस्नेत  उप प्रमुख सुशिला अधिकारी र नगर प्रवक्ता समेत रहेका वडा अध्यक्ष थुमराज केसीले संयुक्त रुपमा रिबन काटी उद्घाटन गरेका हुन ।

उक्त भवन नागार्जुन नगरपालिकाले निर्माण गरेको पहिलो प्रशासनिक  भवन हो। जुन अपाङ्ग मैत्री हुनुको साथै सुबिधा सम्पन्न रहेको छ । बाहिर बाट हेर्दा आधुनिक रहे पनि भित्र भने नेपाली मौलिक शैलीको रहेको छ । नगर प्रवक्ता एबम वडा अध्यक्ष थुम राज केसीको अध्यक्षतामा सम्पन्न  भएको सो कार्यक्रममा नगर प्रमुख मोहन बस्नेत, उप प्रमुख शुशिला अधिकारी, प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र थापा मगर उपभोक्ता समितिका अध्यक्ष राजु सापकोटा,वडा नं ५ का वडा अध्यक्ष महेश रिमाल, वडा सदस्य एबम कार्यपालिका सदस्य बिमला महर्जन, वडा सदस्य चन्द्रिका बिक, सानो वीर बहादुर नगरकोटी, लंकेश लामा लगायत बिभिन्न राजनीतिक दलका प्रतिनिधि समाजसेवीहरु तथा स्थानीय वडा बासीको बाक्लो उपस्थिति रहेको कार्यक्रम संचालन वडा सचिब ऋषि प्रसाद भट्टराईले गरेका थिए ।

 कार्यक्रममा उपभोक्ता समिति द्वारा भवन नगर प्रमुखलाइ हस्तान्तरण गरिएको थियो भने नगर प्रमुख मोहन बस्नेतले उक्त भवन वडा अध्यक्ष थुमराज केसीलाई हस्तान्तरण गरेका थिए ।  राष्ट्रिय गान संगै शुरु भएको सो कार्यक्रममा वडा सदस्य एबम कार्यपालिका सदस्य बिमला महर्जनले स्वागत मन्तब्य सहित कार्यक्रमको उदेश्य माथि प्रकाश पारेकी थिइन । कार्यक्रममा नागार्जुन नगरपालिकाका  प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र थापा मगर, वडा नं ५ का वडा अध्यक्ष महेश रिमाल भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष राजु सापकोटा लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

कार्यक्रमलाइ सम्बोधन  नगर उप प्रमुख  सुशिला अधिकारीले  वडा कार्यलय भवन उद्घाटन गर्न पाउदा खुसि लागेको बताउदै  उनले स्थानीय जनताको आवश्यकतालाई  प्रथामिकतामा  राखेर नगरपालिकाले काम गरिरहेको बताएकी थिइन । उनले निर्वाचन अघि गरेको घोषणाको प्रतिबद्धता अनुसार काम गरिरहेको बताएकी थिइन उनले भौतिक पूर्वाधारमात्र विकास नभएकोले सामाजिक, आर्थिक र सामाजिक रुपान्तरणले मात्र विकास सम्भव हुने हुँदा त्यता तर्फ पनि नगरले ध्यानमा राखेर काम गर्दै आएको बताएकी थिइन ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै नागार्जुन नगरपालिका प्रमुख मोहन बस्नेतले वडा कार्यलय उद्घाटन गर्न पाउदा खुसि ब्यक्त गर्दै नगरका अन्य चार वटा वडा भवन निर्माणको प्रक्रियामा रहेको बताएका थिए उनले कोरोनामहामारीको कारण विकास निर्माणको काममा केहि अवरोध आए पनि विकास निर्माणलाइ प्राथमिकतामा राखेर काम गरिरहेको बताएका थिए ।  उनले  बाँकी  भौतिक संरचनाको काम जति सक्दो चाडो  सम्पन्न गर्ने जानकारी गराएका  थिए ।कार्यक्रममा वडा सदस्य लंकेश लामाले धन्यबाद ज्ञापन गरेका थिए ।

अध्यक्षताको आसन बाट बोल्दै नगर प्रवक्ता एबम वडा नं २ का वडा अध्यक्ष थुमराज केसीले उपस्थित सबैलाई धन्यबाद दिएका थिए। उनले वडा कार्यालय  वडाबासीको सम्पत्ति भएको बताउदै नया भवन बाट सेवा प्रवाह झनै प्रभावकारी हुने बिश्वास ब्यक्त गरेका थिए  ।उनले नवनिर्मित वडा कार्यालय भवन अपाङ्ग  र ज्येष्ठ नागरिक मैत्री रहेको  र लिफ्ट समेत जडान गरिने जानकारी दिदै वडा कार्यालयले  सेवाग्राहीका भावनालाई उच्च प्राथमिकतामा राखी काम गर्दै आएको  जानकारी गराएका थिए।

 वडाबासीको सहयोगको कारण सार्वजनिक सम्पत्ति संरक्षण, भौतिक पूर्वाधार विकास लगायतको कामले गति लिएको जानकारी गराएका थिए।  विकास निर्माण र पूर्वाधार निर्माणको क्रममा केहि चुनौतीहरु आए पनि र अप्ठ्यारोलाई दिनरात नभनी दत्तचित्त भएर वडाबासीको साथ र सहयोग बाट  सामुहिक रुपमा  कार्यक्षेत्रमा पुगेर हल गर्ने प्रयास गर्दै आएको  र आगामी दिनमा पनि गर्दै जाने बताएका थिए । वडा कार्यालयले गरेको कामको मूल्यांकन वडाबासीले गर्ने भन्दै आफु सदैब  वडाबासीको सुझाब  सल्लाह अनुसार अघि बढ्ने बताएका थिए ।

तपाइँको प्रतिक्रिया ।