स्वतन्त्र बचत तथा ऋण सहकारी संस्था लिमिटेड गोकर्णेश्वर ३ को १५औ बार्षिक साधारण सभा सम्पन्न

स्वतन्त्र बचत तथा ऋण सहकारी संस्था लिमिटेड गोकर्णेश्वर ३ को १५औ बार्षिक साधारण सभा सम्पन्न

कपन अनलाइन

काठमाडौँ, पौष १८। गोकर्णेश्वर नगरपालिका वडा नं ३ मा रहेको स्वतन्त्र बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १५ औ बार्षिक साधारण सभा  सम्पन्न गरेको छ ।आर्थिक उन्नयनको पहिलो पाइला, स्वतन्त्र साकोस भन्ने मूल नाराको साथमा शनिबार गोकर्णेश्वर नगरपालिका वडा नं ९ स्थित सुनगाभा पार्टी भेन्युमा  सम्पन्न उक्त साधारण सभाको प्रमुख अतिथिको रुपमा प्रतिनिधि सभा सदस्य कृष्ण राइ रहेका थिए भने बिशेष अतिथिको रुपमा गोकर्णेश्वर नगरपालिका उप प्रमुख शान्ती नेपाल गोकर्णेश्वर नगरपालिका वडा नं ३ का वडा अध्यक्ष राजेन्द्र कुमार भण्डारी, वडा सदस्य लक्ष्मी भण्डारी, निर्मला कामी, पासा ग्वाहाली पुच: बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष हरिकृष्ण श्रेष्ठ दिलासा साकोसका कोषाध्यक्ष राजकुमार श्रेष्ठ,  संस्थाका कानुनी सल्लाहकार  गोपाल प्रसाद भण्डारी,  संस्थाका सल्लाहकार समितिका सदस्य उद्दब बिष्ट,  किरण बहादुर बिष्ट,देबी बाल सुधार माबी का प्रधानाध्यापक सिताराम गिरि लगायत संस्थाका शेयर सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रमको अध्यक्षता स्वतन्त्र बचत तथा ऋण सहकारी संस्था लिमिटेडका   अध्यक्ष सुदर्शन थापाले  गरेका थिए भने कार्यक्रम संचालन  संस्थाका सचिब जयराम बिष्टले गरेका थिए ।राष्ट्रिय गान संगै शुरु भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य कृष्ण राइले पानसमा दिप प्रज्वलन गरि गरेका थिए।संस्थाका उपाध्यक्ष कृष्ण प्रसाद भण्डारीले स्वागत मन्तब्यराखेको कार्यक्रममा नव सुन्ताखान एकेडेमीका बिद्यार्थीहरुले स्वागत गान नृत्य मार्फत मनोरंजन प्रदान गरेका थिए ।कार्यक्रममा  उत्कृष्ट अंक ल्याई एस ई ई  उत्तीर्ण बिद्यार्थी र सहकारीमा उल्लेखनीय योगदान पुर्याउने  सदस्य तथा कर्मचारीहरुलाई सम्मान समेत गरिएको थियो। कार्यक्रममा संस्थाको बार्षिक प्रतिबेदन संस्थाका अध्यक्ष सुदर्शन थापाले प्रस्तुत  गरेका  थिए।

 उनले संस्थाले गर्दै आएको कामको बारेमा जानकारी दिदै  सहकारीको मुलभूत सिद्धान्तहरुको अधिनमा रहेर आफ्नो सदस्यहरुको आर्थिक तथा सामाजिक बिकासको मूल लक्ष्य राखी स्थापना भएको संस्थाले सफलतापुर्वक १४  बर्ष पुरा गरि १५  बर्षमा प्रवेश गरेको जानकारी दिदै अध्यक्ष थापाले आर्थिक र सामाजिक रुपान्तरणका लागि छुट्टै पहिचान बोकेर स्थापित संस्थाले समयानुसारको शिप प्रबिधिलाइ आत्मसाथ गर्दै समाजको सवाल आर्थिक  रुपान्तरणका लागि केहि गर्नु पर्छ र केहि गर्नु सक्छौ भन्ने भावना भएको  व्यक्तिहरुको अवाद्दतालाइ संस्थाले सवल पूजीको रुपमा लिएको बताए  ।

कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाकि उप प्रमुख शान्ती नेपाल  वडा नं ३ का वडा अध्यक्ष राजेन्द्र कुमार भण्डारी, पासा ग्वाहाली पुच: बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष हरिकृष्ण श्रेष्ठ, ,  संस्थाका सल्लाहकार समितिका सदस्य उद्दब बिष्ट, किरण बहादुर बिष्ट, देबी बाल सुधार माबी का प्रधानाध्यापक सिताराम गिरि लगायतले शुभकामना  मन्तब्य राखेका  थिए।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै  प्रतिनिधि सभा सदस्य कृष्ण राइले सहकारीलाई   शुभकामना दिंदै सहकारीले उत्पादन मुलक क्षेत्रमा योगदान पुर्याउनु पर्ने चर्चा गरेका थिए ।उनले सहकारीले जनताको आर्थिक सामजिक स्थर वृद्धि गर्न पुर्याएको योगदानको प्रसंशा गरेका थिए। उनले  सहकारी भनेको नै सहकार्य अर्थात् एक आपसमा मिलेर काम गरौ भन्ने भावना जागृत गरुने भएकोले सहकारीले आर्थिक बिकासमा ठुलो योगदान रहेको बताएका थिए। उनले संस्थालाई अझ मजबुत  हुँदै ग्रामिण क्षत्र सम्म पुग्न पर्नेमा जोड दिदै सहकारी मार्फत जनताको जीवन स्तर सुधार गर्ने खालका कार्यक्रम अघि बढाउनु पर्ने बताएका थिए ।

तपाइँको प्रतिक्रिया ।