ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

कपन अनलाइन

काठमाण्डौ ,पौष १८।

दाङको राप्ती गाउँपालिका–५, लठुवामा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका अन्दाजी ६० वर्षीय पुरुषको उपचारका क्रममा लमही अस्पतालमा मृत्यु भएको हो । मृतकको सनाखत हुन बाँकी छ ।

लु१ख ९६४७ नम्बरको मिनिट्रकले गए राति करिब १० बजे पैदल हिँडिरहेका उनलाई ठक्कर दिएको थियो । ट्रक चालक फरार भएकोले खोजी भइरहेको प्रहरीचौकी सिसहनियाले जनाएको छ ।

तपाइँको प्रतिक्रिया ।