चट्टान बचत तथा ऋण सहकारीको अध्यक्षमा राजु विक्रम थापा ,को को बने पदाधिकारी ?

चट्टान बचत तथा ऋण सहकारीको अध्यक्षमा राजु विक्रम थापा ,को को बने पदाधिकारी ?

कपन अनलाइन

काठमाण्डौ ,पौष १८।

चट्टान बचत तथा ऋण सहकारीको अध्यक्षमा राजु विक्रम थापा चयन भएका छन। बुढानिलकण्ठ नगरपालिका वडा नं १२ मा रहेको इभर साइन पार्टी प्यालेसमा भएको १२ औ वार्षिक साधारणसभाबाट थापाको नेतृत्वमा संचालक समिती चयन गरिएको हो।

संस्थाका अध्यक्ष दामोदर भट्टराई (बद्री ) को अध्यक्षतामा भएको साधारण सभामा नेपाल सरकारका पुर्वसचिव गोपी मैनाली प्रमुख अतिथि रहेको साधारण सभा बाट उपाध्यक्षमा डा. तेज बहादुर रोक्का र सचिवमा पुरुषोत्तम सापकोटा चयन भएका छन।

उत्कृस्ट ऋणी ,बचत कर्ता र कर्मचारीहरुलाई सम्मान गरिएको साधारण सभाले सागर कार्की ,सम्राट पाल र संगीता आचार्यलाई संचालक समितिको सदस्यमा चयन गरेको छ।

त्यस्तै सो संस्थाको लेखा समिती संयोजकमा पुर्व अध्यक्ष दामोदर भट्टराई ( बद्री ) र ऋण संयोजकमा श्रीराम खतिवडा  चयन भएका छन।

तपाइँको प्रतिक्रिया ।