बुढानिलकण्ठ-७ मा उद्घोषण कला तथा नेतृत्व विकास तालिम हुने

कपन अनलाइन

काठमाडौं, पौष १६।

बुढानिलकण्ठ नगरपालिका वडा नं ७ मा उद्घोषण कला तथा नेतृत्व विकास तालिम हुने भएको छ । यहि पौष १९ गते देखि हुने तालिममा सहभागिताका लागि वडा नं ७ का अध्यक्ष बसनारायण महर्जनले जारी गरेको सुचनामा अनुरोध गरिएको छ।

वडा नं ७ का स्थानीयहरुको नेतृत्व तथा व्यक्तित्व विकासका लागि  १० दिन सम्म दैनिक दुई घण्टा चल्ने सो  तालिममा उद्घोषण , तालिका निर्माण ,कार्यक्रम संचालन सहित नेतृत्व विकास लागयतका विषयमा प्रशिक्षण प्रदान गरिनेछ।

तालिममा सहभागिताका लागि सम्पर्क :

९८४१४८२३७२ र ०१ ४३७२८७१ 

तपाइँको प्रतिक्रिया ।