नेकपा एमाले काठमाण्डौ जिल्ला अधिवेसनको प्रतिनिधि छनौट पौष २० गते ,के के छन मापदण्ड ?

कपन अनलाइन

काठमाडौं, पौष १६।

नेकपा एमाले काठमाण्डौ जिल्ला अधिवेसनको प्रतिनिधि छनौट पौष २० गते हुने भएको छ । नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा काठमाण्डौ जिल्ला अध्यक्ष कृष्ण राईको अध्यक्षतामा भएको जिल्ला सचिवालयको  बैठकले आगामी पौष २३ र २४ गते हुने जिल्ला अधिवेसनको तयारी तथा प्रतिनिधि छनौट मापदण्डका वारेमा विभिन्न निर्णयहरु गरेको छ।

नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा जिल्ला इन्चार्ज कृष्ण गोपाल श्रेष्ठ , केन्द्रीय सदस्य तथा सह इन्चार्जहरु नारायण सिलवाल ,रुप नारायण श्रेष्ठ ,विद्या सुन्दर शाक्य र सरिता न्यौपानेको उपस्थितिमा भएको बैठकले प्रतिनिधि छनौट मापदण्डका वारेमा छलफल गर्नुका साथै पौष १९ गते स्थानीय कमिटीहरुको सहकार्यमा अधिवेसन स्थल मुलपानी क्रिकेट मैदानमा सरसफाई कार्यक्रम आयोजना गर्ने निर्णय गरेको जिल्ला कमिटीका सचिव दीपक निरौलाले जानकारी दिएका छन ।

पोलिटब्युरो सदस्य तथा काठमाण्डौ जिल्ला अध्यक्ष कृष्ण राईको अध्यक्षतामा  भएको प्रतिनिधि छनौट समितिको बैठकले सचिवालय बैठकमा पेस गरि पारित गरिएको मापदण्ड निम्नानुसार छ :

१. एक देखि ७४ जना संगठित सदस्य भएको शाखा – एक जना

२. ७५ देखि १५० जना संगठित सदस्य भएको शाखा – एक महिला सहित एक खुल्ला

३.१५१ देखि माथि – एक महिला  र दुई खुल्ला ( प्रत्येक सय सदस्यमा एक थप )

४. सल्लाहकार – १५ प्रतिनिधि

५. विभाग – २० जना प्रतिनिधि

६. काठमाण्डौ महानगर कमिटी – २ महिला र ३ खुल्ला ( पाँच जना )

७. नगर कमिटी – एक महिला सहित दुई खुल्ला ( तिन जना )

८. निर्वाचन क्षेत्र – १०० दलित सद्स्त भएमा १ जना ( त्यो भन्दा बढी १ महिला सहित )

 

तपाइँको प्रतिक्रिया ।