राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा प्रधानमन्त्री देउवा बीपी संग्रहालय पुगे

राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा प्रधानमन्त्री देउवा बीपी संग्रहालय पुगे

कपन अनलाइन

काठमाडौँ, पौष १७ ।प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार  नेपाली कांग्रेसका संस्थापक विश्वेश्वरप्रसाद कोइरालाको नाममा स्थापित बीपी संग्रहालयमा पुगेका छन  ।राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा प्रधानमन्त्री देउवा शुक्रबार  सुन्दरीजलस्थित बीपी संग्रहालय पुगेका हुन् । त्यहाँ उनलाई बीपी संग्रहालयका अध्यक्ष परशुराम पोखरेल लगायत स्थानीय नेता तथा कार्यकर्ताले स्वागत गरेका थिए ।  प्रधानमन्त्री देउवाले संग्रहालयमा परिसरमा रहेको बीपी कोइराला , गणेशमान, कृष्ण प्रसाद भट्टराइ लगायत नेताको शालिकमा माल्यार्पण गरेका थिए।

संक्षिप्त रुपमा आयोजित कार्यक्रमलाइ सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सबै जातजाति र धर्मसम्प्रदायबीचको मेलमिलापले मुलुकको राष्ट्रिय एकतालाई बलियो बनाउने बताएका छन् । उनले कांग्रेसकै नेतृत्वमा संघीय संविधान जारी भएको भन्दै अब कांग्रेसले नै मुलुकमा राष्ट्रिय एकता कायम गर्दै राष्ट्रियता बलियो बनाएर देशलाई अघि बढाउने बताए ।

उनले संघीयतापछि अब सात प्रदेशहरूका बीचमा एकता र सहकार्य हुनुपर्ने जसले राष्ट्रियतालाई बलियो बनाउँने विचार ब्यक्त गरेका थिए  ।बीपी कोइरालाले भित्र्याएको मेलमिलाप नीति अहिले पनि उत्तिकै सान्दर्भिक रहेकाले त्यसलाई अगाडि बढाउनुपर्ने बताएका थिए  ।कार्यक्रममा बीपी संग्रहालयका अध्यक्ष परशुराम पोखरेल बीपी संग्राहलयको पुननिर्माणको प्रगतिको बारेमा जानकारी गराएका थिए ।

तपाइँको प्रतिक्रिया ।