गोकर्णेश्वर ९ मा  वित्तिय साक्षरता तथा डिजिटल बैंकिंग सम्बन्धी कार्यक्रम सम्पन्न

गोकर्णेश्वर ९ मा  वित्तिय साक्षरता तथा डिजिटल बैंकिंग सम्बन्धी कार्यक्रम सम्पन्न

कपन अनलाइन

काठमाडौं, पौष १६ ।गोकर्णेश्वर नगरपालिका वडा नं ९ आरुबारीमा  वित्तिय साक्षरता तथा डिजिटल बैंकिंग सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ। ग्लोबल आईएमई बैंक चाबहिल शाखाद्वारा आयोजित वित्तिय साक्षरता तथा डिजिटल बैंकिंग सम्वन्धि कार्यक्रमको प्रमुख अतिथिको रुपमावागमति प्रदेश सभा सदस्य छिरिङ दोर्जे लामा रहेका थिए भने बिशेष अतिथिको रुपमागोकर्णेश्वर नगरपालिका  वडा नं. ९ का वडा अध्यक्ष राजिव थापा, नगर कार्यपालिका सदस्य सत्यभामा श्रेष्ठ, वडा सदस्य हरिकृष्ण कारञ्जित, गमला, परियार ग्लोबल आईएमई बैंक चाबहिल शाखाका प्रवन्धक राजु देवकोटा बैकका कर्मचारी  लगायत स्थानीयको उपस्थिति रहेको थियो ।

ग्लोबल आइएमई बैंक लिमिटेडले डिजिटल बैंकिङ्ग सेवाको विस्तार र प्रोत्साहनको लागि  देशब्यापी  वित्तीय साक्षरता अभियान संचालन गरिरहेको छ।  यस्ता साक्षरता कार्यक्रमहरु आयोजना गरी बैंकले बैंकिङ्ग सेवा कम समयमै छिटो तथा छरितो र घरमै बसेर पनि सेवा लिन पाउने सहजताको लागि यस्ता कार्यक्रमहरु देशव्यापी अभीयानको रुपमा चलाएको जानकारी गराइएको थियो  ।

स्थानीय तहसम्मै डिजिटल वित्तीय चेतना तथा पहुँच पुर्याउने उद्देश्यका साथ बैकले  साक्षरता कार्यक्रम संचालन गरिरहेको जानकारी गराइएको थियो। आजको समयमा डिजिटल बैंकिङ्ग अपरिहार्य रहेको तथा मूलधारका वित्तीय माध्यमहरुलाई डिजिटल माध्यमले विस्थापित गर्दै जाने हुनाले डिजिटल बैंकिङ्गको प्रयोग र यसका फाइदाहरुको बारेमा सर्वसाधारण समक्ष जानकारी पुर्याउनु कार्यक्रमको उदेश्य रहेको जानकारी गराइएको थियो।

कार्यक्रममा आधुनिक डिजिटल प्रविधिको युगमा कसरी सुरक्षित र भरपर्दो तरिकाले प्रयोग गर्ने बैंकले डिजिटल माध्यमवाट प्रदान गर्दै आएका सेवा, सुविधालाई प्रयोग गर्ने को बारेमा सिकाइएको थियो ।  कार्यक्रममा क्युआर सेवा, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, डेबिट कार्ड, क्रेडिट कार्ड सम्बन्धी जानकारी गराउदै  अहिलेको समयमा मोबाइलमा लोभलालच देखाएर ठगी गर्नेहरुले खाता न. र ओपिडी कोड माग्ने घटनाहरु भइरहेकाले यस्ता खालका दिदै ओपिडी कोड, पासवर्ड, पिनकोड कसैलाइ नदिन अनुरोध गरिएको थियो । कार्यक्रममा प्रिपेड र पोसपेड सिम चलाउने ग्राहकहरुले मोबाइल बैंकिङको ग्लोबल स्मार्ट एप चलाउदा निशुल्क इन्टरनेट सुविधा पाउने सेवा सुविधा पनि  जानकारी गराइएको  थियो।

 

तपाइँको प्रतिक्रिया ।