एमालेका पोलिट्ब्युरो सदस्य रामनाथ ढकालालाई स्वाइन फ्लु

एमालेका पोलिट्ब्युरो सदस्य रामनाथ ढकालालाई स्वाइन फ्लु

काठमाडौं : नेकपा एमालेका पोलिट्ब्युरो सदस्य रामनाथ ढकालालाई स्वाइन फ्लु भएको छ ।

रुघाखोकीले च्यापेपछि शुक्रबार उपचारका लागि पुगेका ढकालको स्वास्थ्य परीक्षणपछि धापासीस्थित ग्रान्डी अस्पतालका चिकित्सकहरुले उनमा स्वाइन फ्लुको पुष्टि गरेका हुन् ।

Ramnath-Dhakal_uml

रुघाखोकीसँगै निमोनियाले समेत च्यापेपछि सिकिस्त भएका नेता ढकालको अहिले ग्रान्डी अस्पतालकै इमरजेन्सी वार्डको आईसीयूमा राखेर उपचार भइरहेको छ । ग्रान्डी अस्पतालका चिकित्सकले नेता ढकालमा निमोनिया भएको पुष्टि गरेको अस्पताल प्रशासनले जनाएको छ ।
नेता ढकालको स्वास्थ्य परीक्षण ग्रान्डी अस्पतालका चिकित्सक अर्जुन कार्कीले गरेका थिए । डा. कार्कीले स्वास्थ्य परीक्षण गरेपछि नेता ढकालमा स्वाइन फ्लुको पुष्टि भएको हो ।

ढकालको शरीरमा अक्सिजन र ह्वाइट ब्लड सेलको मात्रा अत्याधिक घटेको छ । उनलाई अहिले इमरजेन्सी वार्डको आईसीयूमा राखेर चिकित्कले अक्सिन दिइरहेका छन् ।

ढकाललाई निमोनियासँगै स्वाइन फ्लुको पनि संक्रमण भएपछि थप उपचारका लागि आइतबार एयर एम्बुलेन्सबाट दिल्ली लाने तयारी भएको छ ।

 

तपाइँको प्रतिक्रिया ।