खेलकुद परिषदका उपाध्यक्ष टेण्डी शेर्पा २५ तोला अवैध सुनसहित एयरपोर्टबाट पक्राउ

काठमाडौँ, १५ चैत्र ।

राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष टेण्डी शेर्पा अवैध सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।

tendi-sherpa

शेर्पालाई भन्सार विभागको टोलीले आइतबार २५ तोला सुनसहित पक्राउ गरेको हो । हङकङबाट फर्कने क्रममा शेर्पाले उक्त परिणामको सुन लुकाएर ल्याएका थिए । श्रोतका अनुसार “उनले व्यक्तिगत प्रयोजनका लागि सुन ल्याएको दाबी गरेका छन् ।”

यद्यपि व्यक्तिगत प्रयोजनका लागि बाहिरी मुलुकबाट एक तोलाभन्दा बढी सुन ल्याउन पाइँदैन ।

शेर्पा नेपाल बास्केट बल संघका अध्यक्ष पनि हुन् । उनी नेपाल ओलम्पिक कमिटीको उपमहासचिव पनि हुन् । राष्ट्रिय खेलकुद परिषद्मा सदस्य सचिवका लागि नेकपा एमालेले सिफारिस गरेका उनी युवराज लामाले पद नछोडेपछि उपाध्यक्ष बनाइएका हुन् । कुनैबेला गृहमन्त्री वामदेव गौतमका अत्यन्त निकट मानिने उनी पछिल्लो समय गौतमबाट टाढिएका थिए ।

 

तपाइँको प्रतिक्रिया ।