नेकपा एमाले बागमती प्रदेस पदाधिकारीको बैठक सम्पन्न ,अधिवेसनका लागि उपसमितिहरु गठन

कपन अनलाइन

काठमाण्डौ ,पौष १५।

नेकपा एमाले बागमती प्रदेस  अधिवेशन आयोजक कमिटीको तेश्रो पदाधिकारी बैठक सम्पन्न भएको छ। कमिटीका   अध्यक्ष केशबराज पाण्डेको अध्यक्षता र  ईन्चार्ज काशीनाथ अधिकारी तथा  सह-ईञ्चार्ज कृष्णगोपाल श्रेष्ठ लगायतको उपस्थितिमा बसेको बैठकले  जिल्ला तथा प्रदेश अधिवेशन सम्पन्न गर्नको लागि विभिन्न निर्णयहरु गरेको छ।

आगामी माघ ८–९ माघ २०७८ गते यलम्बर पार्टी प्यालेस, रामशाह पथ काठमाडौंमा नेकपा (एमाले) बागमतीको प्रथम अधिवेशन आयोजना गर्ने निर्णय गर्दै बैठकले अधिवेशनको तयारीको लागि निम्न उप-समितिहरु गठन गरेको छ ।

को को छन उपसमितिमा ?

राजनीतिक/सांगठानिक प्रतिवेदन अध्यक्ष केशबराज पाण्डे
आर्थिक व्यवस्थापन उपाध्यक्ष रामहरी सुवेदी
प्रतिनिधि व्यवस्थापन सचिव विजय सुवेदी
प्रचार–प्रसार उपसचिव रत्न गुरुङ
हल, मञ्च र खाद्य व्यवस्थापन उपसचिव महेशकुमार बर्तौला
अतिथि सत्कार सचिवालय सदस्य अप्सरा चापागाई
स्वास्थ्य प्रदेश सदस्य डा. रामकुमार अधिकारी
स्वयमसेवक परिचालन प्रदेश सदस्य उपेन्द्र पौडेल

त्यसैगरी प्रदेस अधिवेसनका  लागि २०७८ माघ २ भित्र अधिवेशन प्रतिनिधि छनोट गरिसक्नु पर्ने  र २०७८ माघ १२ हुने राष्ट्रियसभा सदस्यको निर्वाचनमा पार्टीको पक्षमा परिणाम ल्याउने गरी अधिक्तम् पहल र प्रयत्न गर्ने निर्णय पनि गरेको  छ।फोटो सौजन्य : सेतोपेज डट.कम

तपाइँको प्रतिक्रिया ।