Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/12/270106290_4912853392070072_1426559116773018396_n-e1640754128244.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/12/270189879_4912854845403260_8135140983520280726_n.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

कागेश्वरी मनोहरा नगरपालिकामा जनतासंग मेयर घरदैलो स्वास्थ्य सेवा कार्यक्रम शुरु

कपन अनलाइन

काठमाडौं, पौष १४  ।कागेश्वरी मनोहरा नगरपालिकामा जनतासंग मेयर घरदैलो स्वास्थ्य सेवा कार्यक्रम शुरु भएको छ ।नगर प्रमुख कृष्णहरि थापाले सोमबार  जनतासंग मेयर घरदैलो स्वास्थ्य सेवा कार्यक्रमको वडा नं.१ गगलफेदी बाट शुभारम्भ गरेका हुन् ।ज्येष्ठ नागरिक, दिर्घ  रोगी, सुत्केरी, गर्भवती, अपांगता भएका व्यक्तिहरु लगायत स्वास्थ्य संस्थासम्म उपचारका लागि जान असमर्थ हुने सम्पूर्ण नगरबासीहरु यो कार्यक्रमबाट लाभान्वित हुने बिश्वास  नगर प्रमुख कृष्णहरि थापाले लिएको जानकारी गराएका छन ।कार्यक्रममा नगरबासीहरुलाई सरल, सहज र प्रभावकारी रुपले हाल नगरपालिकाले स्वास्थ्य सेवा पुर्याइरहेको नगर प्रमुख थापाले जानकारी गराउदै  टोल सुधार समिति लगायत सरोकारवालाहरुसंग सहकार्य र समन्वय गरेर सबै वडाहरुमा कार्यक्रम सञ्चालन गर्न लागिएको नगर प्रमुख कृष्णहरि थापाले जानकारी गराए  ।कागेश्वरी मनोहरा नगरपालिका वडा नं.१ का वडा अध्यक्ष मुकुन्द प्रसाद गजुरेलको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा वडा अध्यक्ष गजुरेल, स्वास्थ्य शाखा प्रमुख कुमारसिंह डाँगी लगायतले नगरबासीहरुलाई स्वास्थ्य सेवा प्रदान गर्न जनतासंग मेयर घरदैलो स्वास्थ्य सेवा कार्यक्रमले महत्वपूर्ण सहयोग पुग्ने बताएका थिए ।

नगरबासीहरुको स्वास्थ्य स्तरोन्नतिका लागि कार्यक्रम सञ्चालन गरिएको र कार्यक्रम अन्तर्गत सुगर, प्रेसर र दमको औषधी निशुल्क  बितरण गरिने नगर स्वास्थ्य सहसंयोजक लक्ष्मी कोइरालाले जानकारी दिएकी छिन ।गागलफेदीबाट शुरु भएको यो कार्यक्रम क्रमैसंग नगरका ९ वटै वडाहरुमा सञ्चालन गरिने कोइरालाले जानकारी गराइन।कार्यक्रम अन्तर्गत नगरपालिकाका स्वास्थ्यकर्मीले ज्येष्ठ नागरिक, दिर्ग रोगी, सुत्केरी, गर्भवती, अपांगता भएका व्यक्तिहरु लगायत स्वास्थ्य संस्थासम्म उपचारका लागि जान असमर्थ हुने नगरबासीहरुलाई घर घरमै गएर स्वास्थ्य सेवा उपलब्ध गराउनेछन् ।कोरोना बिरुद्धको खोप लगाउन पनि स्वास्थ्यकर्मीहरु खटिनुपर्ने भएकोले वडा वडामा क्रमैसंग कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।

खानेपानी तथा सरसफाईको क्षेत्रमा सुधार ल्याउने, कोरोना बिरुद्धको खोप लगाए नलगाएको पत्ता लगाउने, आगामी दिनमा स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन सहयोग पुर्याउने, ५ बर्ष माथिका बालबालिकाहरुको पूर्ण खोप सुनिश्चितताका लागि जनतासंग मेयर घरदैलो स्वास्थ्य सेवा कार्यक्रम प्रभावकारी हुने कोभिड फोकल पर्शन समेत रहेकी  लक्ष्मी कोइरालाले जानकारी गराइएकी छिन ।कार्यक्रममा वडा नं.१ का कवडा सदस्यहरु दल बहादुर लामा, रमा ढकाल, कविता सुनार र बलराम खड्का, टोल सुधार समितिका पदाधिकारी, विभिन्न संघ संस्थाका पदाधिकारी लगायत वडाबासीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

तपाइँको प्रतिक्रिया ।