चम्पादेवी बहुउदेस्यीय सहकारी संस्थाको प्रथम वार्षिक साधारण सभा सम्पन्न

कपन अनलाइन
काठमाडौं, पौष १३।

चम्पादेवी बहुउदेस्यीय सहकारी संस्था बुढानिलकण्ठ -११ को प्रथम वार्षिक साधारण सभा सम्पन्न भएको छ। वडा नं ११ मा रहेको ज्ञान प्रकास एकेडेमीमा भएको सो साधारण सभाले विभिन्न प्रतिवेदनहरु पारित गरेको थियो।

चम्पादेवी बहुउदेस्यीय सहकारी संस्थाका अध्यक्ष रुद्र पुडासैनीको अध्यक्षतामा भएको सो साधारण सभामा नगरपालिकाको सहकारी महाशाखा प्रमुख गीता ठगुन्ना , संस्थाका सल्लाहकार केदारराज पुडासैनी ,गणेश बराल ,राम बहादुर पुडासैनी,ज्ञान प्रकास एकेडेमीका प्रिन्सिपल मुरारी चालिसे  सहित कार्यसमिति ,लेखा समितिका र शेयर सदस्यहरुको उपस्थिति रहेको थियो।

संस्थाकी उपाध्यक्ष शान्ता ढकालले स्वागत मन्तव्य र सचिव गीता मिश्र पुडासैनीको संचालनमा भएको सो साधारण सभामा उत्कृस्ट ऋणी ,बचत कर्ता तथा सहयोगीहरुलाई सम्मान समेत गरिएको थियो ।

 

तपाइँको प्रतिक्रिया ।