ओखलढुंगाको मोलुङ गाउँपालिकामा लोकगीत प्रतियोगिता हुने

कपन अनलाइन
काठमाडौं, पौष १३  ।

ओखलढुंगा  जिल्लाको मोलुङ गाउँपालिकामा माघे संक्रान्तिको अवसरमा मोलुङ गाउँपालिका अन्तर वडास्तरीय लोकगीत प्रतियोगिता हुने भएको छ । मोलुङ स्टार युवा क्लबको  आयोजनामा माघ   १ गते रामपुरस्थित सहिद पार्कमा हुने  उक्त प्रतियोगिता हुनेछ  ।

विहान ९ बजेदेखि सुरु हुने सो प्रतियोगितामा प्रथम हुनेलाई ७ हजार, द्वितीय हुनेलाई ५ हजार र तृतीय हुनेलाई ३ हजार रुपैयाँ पुरस्कार र  प्रमाणपत्रको समेत व्यवस्था रहेको आयोजक मोलुङ स्टार युवा क्लबले जानकारी दिएको छ।

मौलिक संस्कृति झल्कने गरी गीत प्रस्तुत गर्नुपर्ने आयोजकले नियम बनाइएको क्लबका सचिव गोपाल नेपालले जानकारी दिएका छन  ।

तपाइँको प्रतिक्रिया ।