नेपाली कांग्रेस गोकर्णेश्वर ५ इकाई द्वारा आयोजित रक्तदान सम्पन्न
कपन अनलाइन
काठमाडौं, पौष ११ । नेपाली कांग्रेस गोकर्णेश्वर ५ इकाईको आयोजना तथा ब्लोदानको आव्हानमा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ। रक्तदान जीवनदान भन्ने मूल नारालाई आवलम्बन गर्दै २०७८ साल पौष १० गते शनिबार गोकर्णेश्वर नगरपालिका वडा नं ५ कार्यलय परिसर जोरपाटी चोकमा बिहान ९ बजे देखिसम्पर्ण स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई सुरक्षित तवर बाट संचालित उक्त रक्तदान कार्यक्रममा ३० जनाले रक्तदान गरेको नेपाली कांग्रेस गोकर्णेश्वर ५ इकाई सभापति शेखर सुवेदीले जानकारी गराए ।
छोटो समयको तयारी तथा अहिलेको प्रतिकुल अवस्थामा धेरै जनाले रक्तदान गर्न इच्छा देखाए स्वास्थ्य लगायत बिभिन्न समस्या का कारण ३० जनाले मात्र रक्तदान गरेको बताए।
रगत अभावका कारण कुनै पनि व्यक्तिले ज्यान नगुमाउन नपरोस् भन्ने उदेश्य सहित आयोजित उक्त कार्यक्रममा सहभागी भई रक्तदान गर्ने सम्पूर्ण रक्तदातालाइ आयोजकको तर्फ बाट धन्यबाद दिएका छन । उनले कार्यक्रम सफलता पुर्वक सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिदै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गरेका छन ।कार्यक्रममा आयोजक संस्थाका पदाधिकारीहरु , समाजसेवी तथा स्थानीयको उपस्थिति रहेको थियो।


