नेपाल बुद्धिष्ट तामाङ सुधार समिति द्वारा आयोजित त्रिमुर्तिको उद्घाटन , राब्ने पुजा (प्राण प्रतिष्ठा) सम्पन्न

नेपाल बुद्धिष्ट तामाङ सुधार समिति द्वारा आयोजित त्रिमुर्तिको उद्घाटन , राब्ने पुजा (प्राण प्रतिष्ठा) सम्पन्न

कपन अनलाइन

काठमाडौं पौष ११। नेपाल बुद्धिष्ट तामाङ सुधार समितिले   माकलबारीमा निर्माण गरेको गुम्बामा   स्थापित त्रिमुर्तिको  राब्ने  पुजा (प्राण प्रतिष्ठा), अभिशेक  छेवाङ  सम्पन्न भएको छ । गोकर्णेश्वर नगरपालिका वडा नं ४  माकलबारी स्थित नेपाल बुद्दिष्ट तामांङ सुधार समितिको भवनमा समितिले सञ्चालन गरेको  गुम्बा तथा त्रिमुर्तिको राब्ने  पुजा (प्राण प्रतिष्ठा), अभिशेक तथा प्रवचन धर्मगुरु खेन रिम्पोछे फुर्वा दोर्जेबाट भएको थियो ।

पौष   ९ गते शुक्रबार बिहान ११ बजेबाट राब्ने  पुजा तथा लामा नृत्य बाछ्यम  भएको थियो । भनें १० गते शनिबार बिहान ८ बजेबाट अभिशेक (छेवाङ) प्रवचन तथा सम्मान कार्यक्रम  सम्पन्न भएको हो। नेपाल बुद्दिष्ट तामांङ सुधार समितिका अध्यक्ष रुप तामाङको अध्यक्षतामा भएको उक्त कार्यक्रमको प्रमुख अतिथिको रुपमा गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसे रहेका थिए भने बिशेष अतिथिको रुपमा  दुप्चेश्वर गाउपलिका प्रमुख योविन्द्र सिङ तामाङ, गोकर्णेश्वर नगरपालिका प्रमुख सल्लाहकार दिपक रिसाल वडा नं ४ का वडा अध्यक्ष श्रीकुमार श्रेष्ठ, समितिका पूर्व अध्यक्ष पूर्ण बहादुर तामाङ,  हिमालय मैत्री फाउन्डेसनका कोषाध्यक्ष याङ  योन्जन लगायत समितिका पदाधिकारी सहित बौद्द धर्मावलम्बीहरुको उपस्थिति रहेको थियो।

प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसेले दिप प्रज्वलन  संगै  आर्थिक बर्ष २०७७/७८ को गोकर्णेश्वर नगरपालिकाको साझेदारी कार्यक्रम शिर्षक अन्तर्गत विनियोजित रकम रु चालिस लाख तथा संस्थाको तर्फ बाट संकलित सहयोग रकम बाट स्थापना गरिएको त्रिमुर्ति को उद्घटन गरेका थिए ।

कार्यक्रममा संस्थाका पुर्व अध्यक्ष पूर्ण बहादुर तामाङले स्वागत मन्तब्य सहित कार्यक्रमको उदेश्य माथि प्रकाश पारेका थिए कार्यक्रममा त्रिमुर्ति स्थापनाका लागि  आर्थिक सहयोग गर्नेहरुलाई  दोसल्ला ओढाई सम्मान पत्र प्रदान गरिएको थियो कार्यक्रममा दुप्चेश्वर गाउपलिका प्रमुख योविन्द्र सिङ तामाङ, गोकर्णेश्वर नगरपालिका प्रमुख सल्लाहकार दिपक रिसाल लगायतले शुभकामना मन्तब्य राखेका थिए।

कार्यक्रमलाइ सम्बोधन गर्दै नगरपालिका प्रमुख सन्तोष चालिसेले पहिचानको  सबै भन्दा ठुलो आधार नै धर्म संस्कृति भएको बताउदै धर्म संस्कृतिको जगेर्ना गर्नु सबैको दायित्व भएको बताएका थिए।  धर्म संस्कृतिले मानिसलाई सत्कर्ममा लाग्न प्रेरित गर्ने विश्वास व्यक्त गरेका थिए ।   नगरपालिकाले धर्म संस्कृतिको जगेर्ना गर्नको लागि बिभिन्न कार्यक्रम गर्दै आएको बताउदै आगामी दिनमा पनि नगरपालिकाको सहयोग रहने जानकारी गराएका थिए ।

उनले निर्मित त्रिमुर्ति नगरपालिकाको सम्पत्तिको रुपमा स्थापित भएको हुँदा नगरपालिकाले अपनत्व गरि अगाडी बढ्ने पनि जानकारी गराएका थिए।अध्यक्षताको आसन बाट बोल्दै नेपाल बुद्दिष्ट तामांङ सुधार समितिका अध्यक्ष रुप तामाङले उपस्थित सबैलाई धन्यवाद दिदै आगामी दिनमा पनि यस्तै साथ र सहयोगको अपेक्षा गरेका  थिए ।

तपाइँको प्रतिक्रिया ।