अर्को वार्ता टोली बनाउनु पर्छ : डाक्टर केसी

अर्को वार्ता टोली बनाउनु पर्छ : डाक्टर केसी

काठमाडौँ, १४ चैत – मेडिकल शिक्षामा सुधार माग गर्दै अनसनमा बसेका डाक्टर गोविन्द केसीले सरकारलाई वार्ता टोली पुन:निर्माण गर्न आग्रह गरेका छन।
15032856govinda-kc
मेडिकल शिक्षामा सुधारको माग राख्दै ७ दिनदेखि आमरण अनशन बसेका डाक्टर केसीले कारवाहीको माग गरिएका शिक्षा र स्वास्थ्यमन्त्री नै वार्ता टोलीमा भएकाले वार्ता नगर्ने भन्दै वार्ता टोली पुन निर्माण गर्न आग्रह गरेका हुन। सरकारले डाक्टर केसीको माग सम्बोधन गर्न शिक्षामन्त्री चित्रलेखा यादव र स्वास्थ्यमन्त्री खगराज अधिकारी तथा मुख्यसचिव लिलामणी पौडेल रहेको समिति शुक्रबार गठन गरेको थियो। तर डाक्टर केसीले आफूले कारवाहीको माग गरेको मान्छे नै वार्ता समितिमा रहेको भन्दै वार्ता गर्न अस्वीकार गरेका छन्।

शुक्रबार राती अस्पताल पुगेका दुई मन्त्रीसँग डा. केसीले दोहोरो कुराकानी नै गरेनन्। मन्त्रीसँग कुराकानी नगरेपनि डाक्टर केसीले मुख्यसचिव पौडेलसँग वार्ता टोली पुन निर्माण गर्न आग्रह गरेको केसीका सहयोगी डा. जीवन क्षेत्रीले जानकारी दिए।

तपाइँको प्रतिक्रिया ।