डुवान समस्या समाधानका लागि दुई महत्वपूर्ण “ब्लक कल्भर्ट” निर्माण र डा. राजन भट्टराईको प्रयास

डुवान समस्या समाधानका लागि दुई महत्वपूर्ण “ब्लक कल्भर्ट” निर्माण र डा. राजन भट्टराईको प्रयास

कपन अनलाइन

काठमाण्डौ ,पौष ८।

बुढानिलकण्ठ नगरपालिकाका चार वडाका विभिन्न क्षेत्रलाई पिडित बनाएको डुवान समस्या समाधानका लागि दुई महत्वपूर्ण “ब्लक कल्भर्ट” निर्माण निर्माण भैरहेका छन।

नगरपालिकाको कपन क्षेत्रका वडा नं ८,१०,११ र १२ का स्थानीयहरुलाई निकै दुख दिइरहेको डुवान समस्या सामाधान गर्नका लागि साततले-मिलनचोक-आनीगुम्बा र गणेश स्कुल – सुन्दरबस्ती क्षेत्रमा “ब्लक कल्भर्ट” निर्माण शुरु भएका छन।

कपन क्षेत्रको डुवान समस्या समाधानका लागि अहिले आनिगुम्बा क्षेत्रबाट निर्माण शुरु गरिएको छ भने गणेश स्कुल-सुन्दरबस्ति क्षेत्रमा पनि धमाधम निर्माण भैरहेको छ।

बुढानिलकण्ठ नगरपालिका वडा नं १०,१२ र काठमाण्डौ महानगरपालिकाको वडा नं ६ हुदै साततलेमा गएर रुद्रमती ( धोवीखोला) मा गएर  मिसिने यज्ञमति खोलालाई ढलमा सिमित पार्दा लगातार डुवान समस्या खेपेको कपन क्षेत्रको आनिगुम्बा देखि मिलनचोक तरकारी बजार सम्म वर्षात अगाडी नै काम सक्नेगरी निर्माण शुरु गरिएको वडा नं १२ का अध्यक्ष शम्भु भट्टराईले जानकारी दिएका छन।

कपन क्षेत्रको डुवान समस्याका प्रत्यक्ष पिडित रहेका वडा अध्यक्ष भट्टराईले कपन क्षेत्रमा “ब्लक कल्भर्ट” निर्माणका लागि बजेट व्यवस्थापन,समन्वय र निरन्तर खबरदारीमा नेकपा एमालेका स्थायी कमिटी सदस्य डा.राजन भट्टराईको महत्वपूर्ण  पहल र प्रयास रहेको बताएका छन।

काठमाण्डौ क्षेत्र नं ४ मा रहेका बुढानिलकण्ठ नगरपालिकाका आठ वटै  वडाहरुको निरीक्षणमा पुगेर स्थानीयहरु संग प्रत्यक्ष छलफल गरेका  नेपाल सरकारका पुर्व विदेस मामिला सल्लाहकार समेत रहेका डा.भट्टराईले तत्कालिन अर्थमन्त्री,उपत्यका विकास प्राधिकरण सहित सरोकारवाला निकायमा पहल गरेको स्मरण गर्दै उनले  “ब्लक कल्भर्ट” को गुणस्तर र गतिलाई बढाउन सहयोगका वडावासी हरु संग अनुरोध पनि गरेका छन।

कपन क्षेत्र पछी नगरपालिकाको अर्को डुवान पिडित क्षेत्र हो गणेश स्कुल भवन देखि  सुन्दरबस्ती रुद्रमती ( धोवीखोला) सम्मको क्षेत्र रहेको छ।उक्त क्षेत्रमा पनि वर्षातको समयमा वडा नं २ को सिमाना देखि भ्यालीपब्लिक स्कुल हुदै वडा नं ८ को तल्लो क्षेत्रलाई निकै पिरोलेको डुवान समस्याका वारेमा वडाका विकास योजना निरीक्षणका क्रममा सो क्षेत्रमा पुगेका डा.भट्टराईले स्थानीयलाई दिएको बचन पुरा गरेको वडा नं ८ का अध्यक्ष सुमन तामाङ्गले बताएका छन।

सो क्षेत्रमा निर्माण शुरु भएको “ब्लक कल्भर्ट” निर्माण चाडो भन्दा चाडो सम्पन्न गर्न वडाले निरन्तर पहल गर्ने जानकारी दिदै अध्यक्ष तामाङ्गले वडा नं ८ को ठुलो र दुरगामी महत्त्वको योजना निर्माणमा पहल गरेका डा.भट्टराईलाई धन्यवाद समेत दिएका छन।

 

 

 

 

 

 

 

 

 

 

 

तपाइँको प्रतिक्रिया ।