टेलीकम र सिल्क सेमिफाईनलमा

टेलीकम र सिल्क सेमिफाईनलमा

कपन अनलाइन

काठमाण्डौ ,पौष ८।
नेपाल टेलीकम राजधानीमा जारी कुमारी बैंक काठमाण्डु टिम च्याम्पियनसिपको सेमिफाईनलमा प्रवेश गरेको छ । टेलीकमले दुइ जित हात पार्दै सेमिफाईनलमा स्थान पक्का गरेको हो । अव टेलीकमले आईएमई संग प्रतिस्पर्धा गर्नेछ । आईएमई दुई खेलमा हार ब्यहोर्दै उपाधीको होडबाट बाहिरिएको छ ।

टेलीकमले नेपाल बिद्युत प्राधिकरण र नेपाल राष्ट्र बैंकमाथि जित निकाल्दै सेमिमा स्थान पक्का गरेको हो ।
काठमाण्डौ ब्याडमिन्टन एकेडेमीको आयोजनामा भएको च्याम्पियनसिपको पहिलो दिन राष्ट्र बैंकलाई ३ –० ले हराएको टेलिकमका नेपाल नम्बर एक खेलाडी रत्नजितले राष्ट्र बैंकका नम्बर दुई दिपेश धामीलाई २१–१५, २२–२४, २१–१७ ले पराजित गरे । यस्तै टेलिकमकी सिमा राजबंशीले राष्ट्र बैंककी अमिता गिरीलाई २१–११, १२–२१, २१–१८ ले पराजित गरे । यस्तै टेलिकमका सुरेन्द्र सिंह कार्की र राजेन्द्र श्रेष्ठको जोडीले राष्ट्र बैंकका रिषीकेश भट्ट र डिला राम सवेदीलाई २१–१४, २१–१४ ले जित निकाले । यस्तै टेलीकमले बिद्युतलाई ३–२ ले पराजित गर्ने क्रममा रत्नजितले बिद्युतका दीपक बोहरालाई २१–९, २१–११ले पराजि गरे ।

दोश्रो खेलमा बिद्युतकी शोभा गौचनले टेलीकमकी सिमा राजबंशीलाई २३–२१, २४–२२ ले पराजित गर्दै खेललाई एक एकको बराबरीमा ल्याईन् । यस्तै तेश्रो खेलमा टेलीकमका शोभाकर भण्डारी र सुरेन्द्र सिंह कार्कीको जोडीले बिद्युतका टेकबहादुर बुढा र रत्न श्रेष्ठको जोडीमाथि २१–१५, २१–१७ को जित निकाल्दै खेललाई २–१ को अवस्थामा ल्याए । यस्तै चौथो खेलमा बिद्युतका शोभा गौचन र याम कुमारी गुरुङ्गको जोडीले टेलीकमका जे.टि. गुड्डी कार्की र सिमा राजबंशीको जोडीलाई २१–१५, २४–२२ ले पराजित गर्दै पुन खेललाई २–२ को बराबरीमा पु¥याए । यस्तै अन्तिम तथा निर्णायक खेलमा टेलीकमका कृष्ण शर्मा र रत्नजितको जोडीले दिपक बोहरा र राजु महर्जनको जोडीमाथि २१–१९, २१–१० को जित निकाल्दै ३–२ का साथ टेलीकमलाई सेमिफाईनमा स्थान पक्का बनाए ।
यस्तै अर्को सेमिफाईनल प्रवेश गर्ने टोलीमा सिल्क ग्रुप रहेको छ । सिल्कले कुमारी बैंक, कान्तिपुर र आयल निगम तिनै टिमलाई जित्दै सेमिमा स्थान पक्का गरेको हो । च्याम्पियनसिपको पहिलो दिन आयल निगममाथि ३–१ को जित निकालेर जितको सुरुवात गरेको सिल्कले दोश्रो दिनको पहिलो खेलमा कान्तिपुर पब्लिकेशनलाई ३–२ ले पराजित ग¥यो । कान्तिपुरका साजन कृष्ण ताम्रकारले सिल्कका बिकास श्रेष्ठमाथि २१–१८, २१–१८ को समान अन्तरले पराजित गर्दै १–० को जित निकाले । यस्तै दोश्रो खेलमा सिल्ककी अनुमाया राईले कान्तिपुरकी सम्झना शर्मा माथि २१–९, २१–१३ को जित निकाल्दै खेललाई एक एकको बराबरीमा ल्याए । यसैगरि कान्तिपुरका प्रकाश बादु र ब्रिदेन सुब्बाको जोडीले सिल्कका सुबाश अधिकारी र रमेश शेर्पाको जोडीलाई १४–२१, २२–२०, २२–२० ले पराजित गर्दै पुनः कान्तिपुरलाई २–१ को अग्रता दिलाए । २–१ ले पछि परेको अवस्थमा सिल्कले खेललाई आफ्नो पक्षमा ल्याउने क्रममा महिला युगल तर्फ अनुमाया राई र ताशी शेर्पाको जोडीले रिमा गिरी र सम्झना शर्माको जोडीमाथि २१–४, २१–८ को जित निकाल्दै खेललाई २–२ को अवस्थमा पु¥याए । अन्तिम तथा निर्णायक खेलमा रमेश शेर्पा र बिकाश श्रेष्ठको जोडीले ब्रिदेन सुब्बा र साजन कृष्ण ताम्राकारको जोडीलाई २१–१४, २१–१० ले पराजित गर्दै ३–२ का साथ जित निकाले । यसैगरि सिल्कले अन्तिम खेलमा कुमारी बैंकलाई पराजित गर्दै सेमिफाईनलमा स्थान बनाएको हो । सिल्कले कुमारी बैंक माथि ३–१ को जित निकालेको हो । सिल्कका विकास श्रेष्ठले कुमारीका सुदीप सेढाईलाई २१–१५, २१–१० ले पराजित गरे । दोश्रो खेलमा अनुमाया राईले कुमारीकी सुनयना मुखियालाई २१–१०, २१–१६ ले हराईन् । तेश्रो खेलमा कुमारीका बिक्रम निरौला र निरज राईको जोडीले सिल्कका सुबाश अधिकारी र रमेश शेर्पाको जोडीलाई २१–१७, १०–२१, २१–१७ ले पराजित गर्दै खेललाई २–१ को अवस्थामा ल्याए । चौथो खेलमा सिल्क ग्रुपको अनुमाया राई र ताशी शेर्पाको जोडीले ११–२ को अग्रता लिएको अवस्थामा कुमारी बैंककी सुनयना मुखियाको घुडामो चोट आएका कारण खेललाई त्याग्न बाध्य भए पश्चात सिल्कले खेल जित्दै सेमिमा स्थान पक्का गरेको हो ।

तपाइँको प्रतिक्रिया ।