अनेरास्ववियु पशुपति बहुमुखी क्याम्पस कमिटीको अध्यक्षमा रोशन सापकोटा, को को बने पदाधिकारी ?

अनेरास्ववियु पशुपति बहुमुखी क्याम्पस कमिटीको अध्यक्षमा रोशन सापकोटा, को को बने पदाधिकारी ?

कपन अनलाइन

काठमाण्डौ ,पौष ७/गीत  काफ्ले

नेकपा  एमालेको भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) पशुपति बहुमुखी क्याम्पस कमिटीको अध्यक्षमा रोशन सापकोटा चयन भएका छन् ।

अनेरास्ववियु पशुपति बहुमुखी क्याम्पस कमिटि ११ओेेेेँ अधिवेशन बाट सापकोटाको अध्यक्षतामा ३९ सदस्यीय कार्यसमिती चयन गरेको छ  जसको उपाध्यक्ष सोनाम मोक्तान , सचिव रवि बडुवाल सहसचिव सुशीला आचार्य ,सरोज दुलाल र कोषाध्यक्षमा जोम्स डंगोल चयन भएका छन्।

अनेरास्ववियु महासचिव समिक बडालको प्रमुख अतिथि भएको उक्त भेलामा अनेरास्ववियु केन्द्रीय कमिटी सचिव खोम मरासिनी ,स्थायी कमिटी सदस्य सञ्जय दवाडी ,सचिवालय सदस्य सगर भट्ट,केन्द्रीय सदस्य वैंकुण्ठ लुइँटेल लगाएतका नेताहरूले मनतव्य राखेका थिए भने कार्यक्रममा अनेरास्ववियु पशुपति क्याम्पसका अग्रज नेता धुर्ब घिमिरे अनेरास्ववियु पुर्व केन्द्रीय सदस्य दिपक बिक्रम देउजा कार्यक्रमको आतिथ्यता र अनेरास्ववियु केन्द्रीय सदस्य तथा निवर्तमान कमिटी संयोजक प्रकाश अधिकारीले गरेका थिए।

कार्यक्रममा मन्तव्य राख्द महासचिव बडालले विद्यार्थीहरुको हकहित र अधिकार सगैं समग्र देशलाई समृद्ध बनाउन अनेरास्ववियु संगै नेकपा एमालेको विकल्प नरहेको बताए ।

अनेरास्ववियु विद्यार्थी आन्दोलनको मुल प्रवाह भएको सम्पूर्ण विद्यार्थीहरु लागि शैक्षिक आन्दोलनमा सहभागी हुन अनुरोध गरे। त्यस्तै नेता मरासिनीले अनेरास्ववियु र विद्यार्थी आन्दोलनको बीचमा रहेको सम्बन्धको चर्चा गरेका थिए भने स्थायी कमिटी सदस्य दवाडीले पशुपति क्याम्पसमा अनेरास्ववियु सधैंभरि विद्यार्थीको पक्षमा लडेको र अबको दिनमा पनि विद्यार्थीको हक र हितको निम्ति लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन ।

तपाइँको प्रतिक्रिया ।