आज चैते दसैं, दुर्गाभवानीको पूजाआराधना गरी मनाईंदै

काठमाडौँ, १३ चैत – आज चैते दसैं, दुर्गाभवानीको पूजाआराधना गरी यो पर्व मनाईंदैछ।

15032701durga mata

चैत शुक्ल अष्टमीमा दिन मनाइने यो पर्वमा शक्तिपीठहरुमा दूर्गा भवानीको पूजा आराधना गर्ने र मीठो खाने गरिन्छ। देशभरीका दूर्गा मन्दिरहरुमा आज विहानैदेखि भक्तजनको भीड लागेको छ। अशोजमा मनाइने बडादसैं भन्दा कम महत्वको मानिएपनि आज चैते दसैंको दिन पनि देवीको मन्दिरहरुमा बली दिने र पूजा आराधना गर्ने गरिन्छ।

चैते दसैंको दिन काठमाडौंका दक्षिणकाली, शोभाभगवती, गुह्येश्वरी, नक्शाल भगवती, संकटा, कालिकास्थान लगायत शक्तिपीठहरुमा बिहानैदेखि दर्शनार्थीको घुईंचो लागेको छ। वर्षमा दुईपटक चैत र अशोजमा गरिने दुर्गा पूजाको विशेष महत्व रहेको शास्त्रमा उल्लेख छ।

तपाइँको प्रतिक्रिया ।