आरआर क्याम्पसका अध्यापक कुटिए

आरआर क्याम्पसका अध्यापक कुटिए

कपन अनलाइन

काठमाडौँ,पौष ६ ।

चिट चोर्न नदिएको भन्दै काठमाडौंको प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसका विद्यार्थीले अध्यापकलाई कुटेका छन् । स्नातक तहको आन्तरिक परीक्षा दिइरहेका छात्रले सो कलेजका अध्यापक प्रकाश पुडासैनीलाई कुटपिट गरेका हुन् ।
परीक्षामा सहभागी कुवेर जेठाराले अध्यापकलाई कुटपिट गरेको बताइएको छ ।ब्याचलर इन सोसल वर्क (बिएसडब्ल्यु) पढाउँदै आएका पुडासैनीको टाउकोमा चोट लागेको छ ।

पुडासैनीलाई बागबजारस्थित काठमाडौं मोडल अस्पतालमा उपचारका लागि भर्ना गर्न गरिएको छ । उनीमाथि आक्रमण गर्ने विद्यार्थी फरार छन् ।

तपाइँको प्रतिक्रिया ।