दुई वर्ष भित्र ओखलढुंगाका हरेक गाउँमा केन्द्रीय विध्युत पुर्याउने छौ : यज्ञराज सुनुवार
कपन अनलाइन
काठमाण्डौ,पौष ६।
ओखलढुंगाका संघिय सांसद यज्ञराज सुनुवारले आगामी दुई बर्ष भित्र जिल्लाका हरेक गाउँमा केन्द्रिय विद्युत पुर्याउने योजनामा रहेको बताएका छन् ।
जिल्लाको मोलुङ गाउँपालिका ७ पात्लेमा वडा स्तरिय भलिबल प्रतियोगिताको उद्घाटन समारोहमा सम्बोधन गर्दै सांसद सुनुवारले जिल्लालाई अँध्यारोमुक्त जिल्ला बनाउने योजना सहित काम भइरहेको बताउँदै छिट्टै जिल्लाका हरेक गाउँटोलमा केन्द्रिय विद्युत पुग्ने घोषण गरेका थिए ।
जिल्लाका अधिकांस पालिकाका वडामा केन्द्रिय विद्युत विस्तार भइसकेको बताउदै सांसद सुनुवारले संञ्चार र इन्टरनेटमा पनि नागरिकको सहज पहुँचको लागि काम भइरहेको बताउदै उनले समृद्धिको क्षेत्रमा सडक, विद्युत, खानेपानी, शिक्षा, स्वास्थ्य र रोजगारी लगायतको बिषयमा जिल्लाले निरन्तर सफलता प्राप्त गरिरहेको दाबी गरेका थिए ।
कार्यक्रममा सांसद सुनुवारले जिल्लामा खेलाडीको संख्या धेरै रहे पनि उचित बजेटको अभावमा खेलाडीहरुले खेललाई पेशाको रुपमा अवलम्बन गर्न नसेकेकोमा दुख ब्यक्त गर्दै खेलाडी उत्पादन र खेल क्षेत्रको विकासका लागि निती कार्यक्रम र बजेटमा ध्यान दिन स्थानीय सरकारहरुलाई आग्रह गरेका थिए ।
सो भलिबल प्रतियोतितामा छ वटा टिमको सहभागिता रहेको उनले जानकारी दिएका छन् । प्रतियोगिताका विजेतामा प्रथम हुनेले ३० हजार, द्धितिय हुनेले २० हजार र तृतिय हुने टिमले नगद् ५ हजारको साथमा शिल्ड मेडल र प्रमाणपत्र पाउनेछन् ।