यस्तो छ आजको मौसम पूर्वानुमान :काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ३.२ डिग्री
कपन अनलाइन
काठमाण्डौ,पौष ६।
जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा सोमबार रातिबाट न्यून चापीय प्रणालीमा असर पर्न थालेपछि उच्च पहाडी भूभागमा हल्का हिमपात हुने सम्भावना छ।
हाल पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकि भू-भागको मौसम सामान्यतया सफा रहेको विभागले जनाएको छ।
न्यून चापीय प्रणालीले न्यूनतम तापक्रम थोरै बढ्नसक्छ भने अधिकतम तापक्रम घट्ने हुन्छ। अर्थात बिहान चिसो केही कम र दिउँसो घाम लागे पनि न्यानो कम न्यानो हुने मौसमविद् शान्ति कँडेलले जानकारी दिइन्।
मंगलबार बिहानन गरिएको मापन अनसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ३.२ डिग्री सेल्सियस देखिएको छ।
तपाइँको प्रतिक्रिया ।