लगनखेल-बुढानिलकण्ठ रुटमा सहरी केबलकार बनाउन फ्रान्स इच्छुक

कपन अनलाइन

काठमाण्डौ,पौष ६।

फ्रान्सले लगनखेल देखि बुढानिलकण्ठ रुटमा सहरी केबलकार बनाउन सहयोग गर्न इच्छुक रहेको बताएको छ।

सोमबार नेपालका लागि फ्रान्सका राजदूत जिल बुरवाओले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु कुमारी यादवलाई भेटे गरी काठमाडौंमा सहरी केबलकार निर्माणका लागि सहयोग गर्न फ्रान्स तयार रहेको बताएका हुन्।

फ्रान्सले यसअघि काठमाडौैं उपत्यकाको लगनखेलदेखि बुढानिलकण्ठ रुटमा सहरी केबलकार बनाउने सम्भावनाबारे अध्ययन गरेको थियो। सोही परियोजनाको अवस्थाबारे सोध्दै फ्रान्सेली राजदूतले नेपाल सरकारले चाहे उक्त केबलकार निर्माणमा सहयोग गर्न तत्पर रहेको बताएका थिए।

लगनखेलदेखि बुढानिलकण्ठसम्मका लागि अध्ययन गरिएको केबलकारको दुरी करिव १६ किलोमिटर रहने छ जुन हालसम्म संसारको सबैभन्दा लामो सहरी केबलकार हुनेछ।

 

तपाइँको प्रतिक्रिया ।