काठमाडौँ भयो दिउसै अधेरो आन्तरीक तथा बाह्य उडान प्रभावित
काठमाडौँ, १३ चैत – काठमाडौँ उपत्यकामा बाक्लो कुहिरो लागेका कारण दिउँसै अन्धकार जस्तै बनेको छ। उपत्यकामा शुक्रबार पनि मेघगर्जन सहित पानी पर्ने जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार देशको पुर्वी तराईमा अहिले पानी परिरहेको छ। पश्चिमी क्षेत्रमा पनि अरव सागरबाट विकसित बायुका कारण पानी पर्ने सम्भावना रहेको महाशाखाको अनुमान छ।
खराब मौसमका कारण त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक र बाह्य उडान प्रभावित भएको छ। मौसममा सुधार आए पछि मात्रै उडान थाल्ने विमानस्थल कार्यालयले जनाएको छ।
तपाइँको प्रतिक्रिया ।