सार्वजनिक शैक्षिक गुठी विद्यालय संघ नेपाल (PETSAN ) को छैटौ महाधिवेशन सम्पन्न

सार्वजनिक शैक्षिक गुठी विद्यालय संघ नेपाल (PETSAN ) को  छैटौ महाधिवेशन सम्पन्न

कपन अनलाइन

काठमाण्डौ ,पौष ५।

सार्वजनिक शैक्षिक गुठी विद्यालय संघ नेपाल (PETSAN )को बाह्रौं वार्षिकोत्सव तथा छैटौ महाधिवेशन सम्पन्न भएको छ। सिद्धार्थ वनस्थली इन्स्टिच्युट काठमाडौंमा भएको सो अधिवेसनले रुपक राजवंशीको अध्यक्षमा कार्यसमिति चयन गरेको छ।

सो अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा जे एस पौडेल र मेघराज दुलाल, उपाध्यक्षमा लोकप्रसाद काफ्ले, महासचिवमा जगत महर्जन , कोषाध्यक्षमा जयराम गोर्खाली ,सचिवमा अन्जित कुमार श्रेष्ठ र सरोज न्यौपाने सहित सदस्यहरु निर्वाचित भएका छन।

उक्त  वार्षिकोत्सव समारोहमा  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री माननीय देवेन्द्र पौडेल  प्रमुख अतिथि रहेका थिए भने  बुढानीलकण्ठ नगरपालिकाका प्रमुख उद्वव प्रसाद खरेल, किर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जन र काठमाडौं महानगरपालिक शिक्षा साखाका प्रमुख रामप्रसाद सुवेदी लगायत अतिथि रहेका थिए।

सो वार्षिकोत्सव तथा छैटौ महाधिवेशन नेपालको  शैक्षक बिकशको लागि संघिय शिक्षा ऐनमा राख्नु पर्ने विषयहरुमा छलफल समेत  भएको थियो ।

तपाइँको प्रतिक्रिया ।