काठमाण्डौ क्षेत्र नं ४ का दुई नेताको राजनीतिक छलाङ्ग

काठमाण्डौ क्षेत्र नं ४ का दुई नेताको राजनीतिक छलाङ्ग

कपन अनलाइन

काठमाण्डौ ,पौष ५।

काठमाण्डौ क्षेत्र नं ४ का दुई नेताहरु गगन कुमार थापा र डा.राजन भट्टराई २०७४ सालको निर्वाचनमा प्रतिस्पर्धी रहेका थिए। त्यस समय थापा र डा.भट्टराई आफ्नो पार्टीका केन्द्रीय सदस्य रहेका थिए।

काठमाण्डौ महानगरपालिका वडा नं ३० मा जन्मिएका गगन थापा र वडा नं ७ मा जन्मिएका डा.राजन भट्टराईले पछिल्लो चार वर्षमा ठुलो राजनीतिक छलाङ्ग मार्न सफल भएका छन।

२०७४ सालको निर्वाचन पछी सरकारको कटु आलोचना गर्दै नेपाली कांग्रेसको मुखर आवाज बनेका थापा महामन्त्रीमा लोकप्रिय मत सहित विजयी बनेका छन भने सरकारले गरेका अत्यन्त दुरगामी रास्ट्रिय तथा अन्तरास्ट्रिय महत्वका निर्णयहरुको कार्यान्वयनमा प्रभावकारी र कुशल  समन्वय गरेका  डा. राजन भट्टराई नेकपा एमालेको स्थायी कमिटी सदस्य बनेका छन।

पार्टी जिवनमा उपल्लो राजनीतिक जिम्मेवारी पाएका यी दुई नेताहरु अव  निर्वाचन क्षेत्रमा पनि निकै केन्द्रीत बन्दै आएका छन। काठमाण्डौ क्षेत्र नं ४ का १२ वटै वडाहरुमा सर्वसम्मत नेतृत्व चयन गर्दै आगामी स्थानीय तहको निर्वाचन तयारीको स्पस्ट संकेत दिएका उनीहरुले क्षेत्रमा भने  फरक राजनीतिक चुनौतीको सामना गरिरहेका छन।

संघीय र एक प्रदेस सभा सदस्य जितेको नेपाली कांग्रेसले क्षेत्रका १२ मध्ये २ वटा मात्र वडामा जितेको छ भने १० वडा र एक प्रदेस सभा  जितेको नेकपा एमालेले संघीय सांसद गुमाएको छ।

नेपाली राजनीतिको उचाइमा पुगेका दुई नेता विच १० वडा ,दुई प्रदेस क्षेत्र र संघीय निर्वाचन क्षेत्रमा बर्चस्व जमाउन गरिने प्रयास र प्रतिस्पर्धा निकै रोचक हुने देखिन्छ।

आगामी स्थानीय निर्वाचन जसरि पनि जित्नु पर्छ भनेर अभियान संचालन गरेका थापा र स्थानीय तहमा प्राप्त गरेको सानदार जित कायम राखेर संघीय निर्वाचन क्षेत्र जित्ने योजना बनाएका डा.भट्टराईको प्रभावशाली  राजनीतिक उदयले पुन काठमाण्डौ क्षेत्र नं ४ चर्चा र चासोको केन्द्रमा देखिएको छ।

 

 

 

 

तपाइँको प्रतिक्रिया ।