पूर्वी काठमाडौं शहरी विकास आयोजनामा लगानी गर्न बैंकहरुलाई नगर प्रमुख थापाको आग्रह

पूर्वी काठमाडौं शहरी विकास आयोजनामा लगानी गर्न बैंकहरुलाई  नगर प्रमुख थापाको आग्रह

कपन अनलाइन

काठमाडौं, पौष ३ । कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख कृष्णहरि थापाले पूर्वी काठमाडौं शहरी विकास आयोजनामा लगानी गर्न बार्णिज्य बैंकहरुलाई आग्रह गरेका छन ।पूर्वी काठमाडौं शहरी विकास आयोजनाले आयोजना गरेको क बर्गका बार्णिज्य बैंकका प्रतिनिधिहरु तथा कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषका प्रतिनिधिहरुसंगको अन्तरक्रिया कार्यक्रममा नगर प्रमुख थापाले पूर्वी काठमाडौं शहरी विकास आयोजनामा लगानी गर्न बार्णिज्य बैंकका प्रतिनिधिहरुलाई आग्रह गरेका हुन् ।

कागेश्वरी मनोहरा नगरपालिका, गोकर्णेश्वर नगरपालिका र शंखरापुर नगरपालिकाको संयुक्त लगानीमा पूर्वी काठमाडौं शहरी विकास आयोजना स्थापना गरिएको हो ।कागेश्वरी मनोहरा नगरपालिकाका ४ वटा वडाहरु, गोकर्णेश्वर नगरपालिकाका ३ वटा वडाहरु र शंखरापुर नगरपालिकाको १ वटा वडामा पूर्वी काठमाडौं शहरी विकास आयोजना सञ्चालन हुदैछ ।कार्यक्रममा बैंकका प्रतिनिधिहरुले आयोजनामा आफूहरु लगानी गर्न तयार रहेको बताउदै आयोजना सञ्चालनको मोडालिटीको बिषयमा स्पष्ट पार्न नगर प्रमुख थापालाई आग्रह गरेका थिए ।
नगर प्रमुख थापाले आयोजना सञ्चालनको प्रक्रियाका सम्बन्धमा बैंकका प्रतिनिधिहरुलाई जानकारी गराउदै लगानीको प्रतिवद्धता गरेमा आयोजना सञ्चालन गर्न सहज हुने जानकारी गराएका थिए ।कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख कृष्णहरि थापाका साथै शंखरापुर नगरपालिकाका नगर प्रमुख सुबर्ण श्रेष्ठ, कागेश्वरी मनोहरा नगरपालिकाका लेखा अधिकृत बालकृष्ण दाहाल लगायत बैंकका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

तपाइँको प्रतिक्रिया ।