गोकर्णेश्वर नगरपालिकाको मतदाता नामावली सम्बन्धि जरुरी सुचना !
कपन अनलाइन
काठमाडौं पौष ३। गोकर्णेश्वर नगरपालिकाले फोटो सहितको मतदाता नामावली संकलन सम्बन्धी सार्वजनिक सुचना जारी गरेको छ। नगर प्रमुख सन्तोष चालिसेले जारी गरेको उक्त सुचनामा २०७८ साल पौष ४ गते देखि २०७८ साल पौष १८ गते सम्म गोकर्णेश्वर नगर कार्यपालिकाको कार्यलय काठमाडौंमा फोटो सहितको मतदाता नामावली संकलन कार्य संचालन हुन गैरहेको हुँदा गोकर्णेश्वर नगरपालिका भित्र स्थायी ठेगाना भइ यस पूर्व मतदाता नामावलीमा नाम समाबेश नभएका मतदाता बन्न योग्य नागरिकहरुले सक्कल नागरिकता र सोको फोटोकपी, बसाइ सारै भइ आएको हकमा बसाई सराइ सक्कल प्रमाण पत्र र सोको फोटोकपी र विवाहिता महिलाको हकमा बिवाह दर्ताको सक्कल प्रमाण पत्र र सोको फोटो कपि सहित स्थायी ठेगाना भएका नगरबासीहरुले तोकिएको मितिमा स्वयं उपस्थित भई आफ्नो मतदाता नामावलीमा नाम दर्ता गराउन सार्वजनिक सुचना मार्फत अनुरोध गरेका छन ।
वडा नं १ मा २०७८ साल पौष ४ गते
वडा नं २ मा २०७८ साल पौष ५ गते
वडा नं ३ मा २०७८ साल पौष ६ गते
वडा नं ४ मा २०७८ साल पौष ७ गते
वडा नं ५ मा २०७८ साल पौष ८ र ९ गते
वडा नं ६ मा २०७८ साल पौष १० र ११ गते
वडा नं ७ मा २०७८ साल पौष १२ र १३ गते
वडा नं ८ मा २०७८ साल पौष १४ र १५ गते
वडा नं ९ मा २०७८ साल पौष १६ र १७ गते त्यसै गरि२०७८ साल पौष १८ गते छुटेका सबै वडाको लागि संचालन हुने पनि उनले जारी गरेको सुचनामा उल्लेख गरिएको छ ।