दुई मतले हारेका विजयकुमार गच्छदारको निर्वाचन समितिमा निवेदन
कपन अनलाइन
काठमाण्डौ ,पुस १।
नेपाली काँग्रेसको उपसभापतिमा दुई मतले हारेका विजयकुमार गच्छदारले निर्वाचन समितिमा निवेदन दिएका छन् । बुधबार राति सार्वजनिक मतपरिणाम अनुसार सभापति शेरबहादुर देउवा समूहका गच्छदार शेखर कोइराला प्यानलका धनराज गुरुङसँग दुई मतले पराजित भएका थिए ।
गुरुङले १९०८ मत ल्याउँदा गच्छदारले १९०६ मत पाएका थिए ।गच्छदारले मतपरिणाममा असहमति जनाउँदै पुनः गणनाको माग गर्दै निवेदन दिएका हुन् । महामन्त्रीकाे दुई सिट छ । पूर्णबहादुर खड्का पनि विजयी भएका छन् ।
तपाइँको प्रतिक्रिया ।