नेकपा माओवादी केन्द्र बागमती प्रदेस कमिटीमा बुढानिलकण्ठका तिन जना

कपन अनलाइन

काठमाण्डौ ,पुस १।

नेकपा माओवादी केन्द्र बागमती प्रदेस कमिटीमा बुढानिलकण्ठका तिन जना सर्वसम्मत चयन भएका छन। नेकपा माओवादी केन्द्र बागमती प्रदेस कमिटीको प्रथम सम्मेलनबाट यस नगरपालिकाका तिन जना निर्वाचित भएका हुन्।

नेकपा माओवादी केन्द्रमा लामो समय देखि सक्रिय रहेका पुर्व जनमुक्ति सेनाका भाइस कमान्डर देखि नगर कमिटीका निवर्तमान अध्यक्ष सम्मले प्रदेस कमिटी सदस्यको जिम्मेवारी पाएका छन ।

को को बने बागमती प्रदेस कमिटी सदस्य ?

१. अमर बिक 

तत्कालिन नेकपा माओवादीले संचालन गरेको १० वर्षे जनयुद्धमा सक्रिय बन्दै भाइस कमान्डर बनेका अमर बिक बागमती प्रदेस कमिटी सदस्य बनेका छन। २०७४ सालको संघीय निर्वाचनमा समानुपातिक उम्मेदवार रहेका बिक बुढानिलकण्ठ नगरपालिकाका राजनीतिक गतिविधिमा पनि सक्रिय रहदै आएका छन ।

२. डम्बर अधिकारी  

बुढानिलकण्ठ नगरपालिका वडा नं १० मा बसोवास गर्दै आएका अधिकारी नेकपा माओवादी केन्द्रको विभिन्न भूमिकामा सक्रिय रहदै आएका छन । बालउद्दार मावीका पुर्व व्यवस्थान समिती सदस्य अधिकारी यस अघि जिल्ला कमिटी सदस्य रहेका थिए ।

३. रबिन अधिकारी   

नेकपा माओवादी केन्द्र बुढानिलकण्ठका पुर्व अध्यक्ष अधिकारी प्रदेस सम्मेलनबाट सदस्यमा चयन भएका छन । २०७४ सालको स्थानीय तहको निर्वाचनमा नगर प्रमुखको उम्मेदवार बन्दै १०.३८ प्रतिसत मत प्राप्त गरेका अधिकारी नेकपा रहेको अवस्थामा नगर कमिटी अध्यक्ष बनेका थिए ।

 

तपाइँको प्रतिक्रिया ।