संसद बैठक सुरू हुनेबित्तिकै एमालेको नाराबाजी
कपन अनलाइन
काठमाडौं, मंगसिर २८ ।नेकपा एमालेले मंगलबार शुरु भएको प्रतिनिधिसभाको पहिलो बैठक नै अवरुद्ध गरेको छ ।आफूले गरेको सांसदको कारबाहीलाई सभामुखले मान्यता नदिएको विरोधमा अघिल्लो अधिवेशनमा संसद अवरुद्ध गरेको एमालेले मंगलबार शुरु भएको संसद अधिवेशनको पहिलो बैठक पनि सोही विषयलाई लिएर अवरुद्ध गरेको हो ।
बैठक सुरू हुनअघि बसेको एमाले संसदीय दलको बैठकले अवरोधलाई निरन्तरता दिने निर्णय गरेको थियो । सभामुख सापकोटाले जनप्रतिनिधिलाई अवरोध नगरी सिर्जनात्मक बहसमा सहभागी हुन एमाले सांसदलाई आग्रह गरेका छन। विभाजित भएर गएको दल एकीकृत समाजवादी अवैधानिक भएको र त्यसमा सभामुख सापकोटा सहयोगी बनेको भन्दै एमालेले निरन्तर संसद अवरोध गरिरहेको छ । एमाले सांसदहरुको नाराबाजीकै बीच सभामुख अग्निप्रसाद सापकोटाले संसद बैठक सञ्चालन गरेका छन् ।
तपाइँको प्रतिक्रिया ।