नेपाली कांग्रेस सभापति पदको चुनाव दोस्रो चरणमा

नेपाली कांग्रेस सभापति पदको चुनाव दोस्रो चरणमा

कपन अनलाइन

काठमाण्डौ ,मंसिर २८।

नेपाली कांग्रेसको सभापतिका लागि दोस्रो चरणको मतदान हुने भएको छ । पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणमा शेरबहादुर देउवा र डा‍ शेखर कोइरालाबीच प्रतिस्पर्धा हुने भएको छ ।

आइतबार भएको मतदानमा ४६७९ मत खसेको थियो । यस अनुसार कुनै पनि उम्मेदवार निर्वाचित हुन २३४० मत चाहिन्थ्यो ।

मतगणनामा देउवाले सुरुदेखि नै अग्रता लिए पनि देउवाले २२५८ मत मात्र पाएका छन  । उनलाई सभापति निर्वाचित हुन ८२ मत अपुग भएको छ  ।

अर्का उम्मेदवार शेखर कोइरालाले १७४९ मत पाएका छन् । अब दोस्रो चरणमा सभापतिका लागि देउवा र कोइरालाबीच प्रतिस्पर्धा हुनेछ ।

तपाइँको प्रतिक्रिया ।