मदन भण्डारी कलेजको भवन शिलान्यास

मदन भण्डारी कलेजको भवन शिलान्यास

कपन अनलाइन

काठमाण्डौ ,मंसिर २८।

काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यले मदन भण्डारी कलेज भवनको शिलान्यास गरेका छन  ।  महानगरको वडा नं  १० देवीनगरमा कलेज परिसरमा नयाँ भवन निर्माणका लागि शिलान्यास भएको हो ।

सो अवसरमा मदन भण्डारी फाउन्डेसनकी अध्यक्ष उषा किरण भण्डारी , सचिव पेम्बा लामा, काठमाण्डौ अध्यक्ष दिपक निरौला लगायतको उप्पस्थिति रहेको थियो।

शिलान्यासपछि संक्षिप्त प्रतिक्रिया दिँदै प्रमुख शाक्यले, शैक्षिक गुणस्तर सुधारका लागि महानगरले लगानी बढाएको बताएका थिए ।

सार्वजनिक निर्माण विभागका प्रमुख रामबहादुर थापाकाका अनुसार  चालुृ आर्थिक बर्षमा कार्यक्रम सकिने गरी महानगरले ५ करोड रुपैयाँ आर्थिक सहयोग गर्नेछ ।

कलेज भवन निर्माणयसै बर्षको असार मसान्तभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ  ।

तपाइँको प्रतिक्रिया ।