थानकोट जेसीज द्वारा विद्यार्थीहरूलाई शैक्षिक सामाग्री प्रदान

थानकोट जेसीज द्वारा  विद्यार्थीहरूलाई शैक्षिक सामाग्री प्रदान

कपन अनलाइन  

काठमाडौँ, मंगसिर २८   । थानकोट जेसीजले विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सामाग्री प्रदान गरेको छ । चन्द्रागिरि २ स्थित वाडभन्ज्याङ मसिने स्थित श्री चम्पाशिखर आधारभुत विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामाग्री हस्तान्तरण गरेको हो । कार्यक्रममा थानकोट जेसिजका संस्थापक अध्यक्ष जेसिआई सेनेटर नन्ददास अमात्यकाे प्रमुख आतिथ्यता र वर्ष २०२१ की कार्यभाहक अध्यक्ष बिपना वस्नेतकाे अध्यक्षतामा भएको छ ।

थानकोट जेसिजका संस्थापक अध्यक्ष नन्ददास अमात्यले ‘असल समाजका लागि युवा नेतृत्व’ अति आवश्यक रहेकाे चर्चा गर्दै २५ जनाबाट सुरू भएकाे थानकोट जेसिज समाज रूपान्तरण सधै अग्रसर हुदै चन्द्रागिरिकै अग्रणी र अग्रसर युवारूकाे नेतृत्व र व्यक्तित्वमा सधै लागिरहेकाे बताए । अमात्यले शिक्षा बालबालिकाको भविष्य अन्धकारमा नभई उज्यालो हुनुपर्दछ भन्ने सोचका साथ बालबालिकालाई सहयोग गरेको र काठमाडौंकाे विकट मानिने मसिनेका बालबालिकाहरूलाई सहयोग गर्न पाउदा आफुहरू खुशी भएकाे व्यक्त गरे । कार्यक्रममा थानकोट जेसिजका पुर्व अध्यक्ष तथा नेपाल जेसिजका पुर्व अध्यक्ष माेहनलाल डाँगीले सफल र कुशल नेतृत्वले मात्र समाजमा सकारात्मक प्रभाव पार्ने हुदा जेसिजकाे हरेक अभियान सव्य समाज निर्माणमा मात्र नभई व्यक्तिको असल नेतृत्वमा मुख्य भुमिका खेल्ने हुदा जेसिज अभियान महत्त्वपूर्ण सावित भएकाे बताए ।

डाँगीले विद्यालयका शैक्षिक विकासका लागि गरेकाे सहयोग फलदायी हुने विश्वास व्यक्त गरे । जेसिजले आयोजना गरेको हस्तान्तरण कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा जनप्रतिनिधि सुरेन्द्र तामाङले मानव भावना लिएर शिक्षाको ज्योति देखाउन सहयोग गरेको भन्दै आभार प्रकट गरे । कार्यक्रममा थानकोट जेसिज वर्ष २०२१ का महासचिव राेसन दानीले समग्र चन्द्रागिरिकाे विकास रूपान्तरण र समृद्धिकाे लागि जेसिज अभियान मार्फत कार्ययोजना तयार गर्दै स्थानीय सरकार प्रदेश सरकार संग संघ संस्था संग हातेमालो गर्दै अगाडि वढ्ने बताए । उनले शासन व्यक्तिको हाेईन विधिकाे हुनु पर्ने बताउदै युवाहरूकाे सकृय नेतृत्व र व्यक्तित्व बिकासमा थानकोट जेसिज सधै तयार रहने बताए । कार्यमा ९० जना विद्यार्थीहरूलाई स्कुल ब्याग र विद्यालयलाई शैक्षिक सामाग्री प्रदान गरिएकाे थियाे भने कार्यक्रमकाे संयाेजन विराज शाहीले गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।