शंखरापुरको ऐतिहासिक पुखुलाछी पोखरी पुनःनिर्माण अन्तिम चरणमा, नगर प्रमुख द्वारा अनुगमन

शंखरापुरको ऐतिहासिक पुखुलाछी पोखरी पुनःनिर्माण अन्तिम चरणमा, नगर प्रमुख द्वारा अनुगमन

कपन अनलाइन

काठमाडौं, मंगसिर २८। शंखरापुर नगरपालिका वडा नं ७ मा रहेको ऐतिहासिक पुखुलाछी पोखरी पुनःनिर्माणको काम अन्तिम चरणमा पुगेको छ । २०७२ साल बैशाख १२ गते गएको माहाभुकम्पले क्षति  पुर्याएको  पोखरीको पुनःनिर्माणको काम तिब्र गतिमा भइरहेको छ । उक्त पोखरी पुन: निर्माण कामको नगर प्रमुख सुवर्ण श्रेष्ठले अनुगमन गरेका छन। अनुगमनमा वडा सदस्य प्रविण श्रेष्ठ सहित स्थानीयको सहभागिता रहेको थियो ।

शंखरापुर नगरपालिकाले १४ लाख र वडाबाट १० लाख गरी जम्मा २४ लाखको कुल आर्थिक सहयोगमा उपभोक्ता समिति मार्फत पोखरीको पुनःनिर्माण कार्य भइरहेको नगर प्रमुख सुवर्ण श्रेष्ठले बताएका छन। पोखरीको पुनःनिर्माण सम्पन्न भइसकेपछि पानी भर्ने र आन्तरिक पर्यटकका लागि खुल्ला गर्ने योजना नगरपालिकाको रहेको नगर प्रमुख श्रेष्ठले जानकारी दिएका छन। 

तपाइँको प्रतिक्रिया ।