संवाद : कृष्ण काफ्ले ( लघुकथा )

कपन अनलाइन

काठमाण्डौ ,मंसिर २५।

उमेदवार – हजुर मलाई भोट दिनु पर्यो ।
मतदाता – हुन्छ, अनि तपाई कुन पार्टी को उमेदवार ?
उमेदवार – देश बनाउ पार्टी
मतदाता – ए, अनि कुन देश बनाउ पार्टी त हर्के देश बनाउ पार्टी
कि बिर्खे देश बनाउ पार्टी
कि शङ्खे देश बनाउ पार्टी कि ?
उमेदवार – होइन हजुर देश बनाउ पार्टी एउटा मात्र छ ।
मतदाता  – ए ! छ महिना अघि हर्के
पक्षको उमेदवार यो, बिर्खे पक्षको यो,
यो पक्षले जित्यो, यो पक्षले हा¥यो भनेर हामीले समाचार सुनेको, अनि अस्ति मात्रै मेयरमा हर्के पक्षले टिकट पायो भनेर बिर्खे पक्षको जुलुस सदरमुकाममा देखेको मैले, ए मलाई बेकुफ बनाउछौ,
हामीले समाचार नै नसुने जस्तो,
मतदाता – भोट त बाकसमै दिदै आको तर म अर्कै गुट पक्षको मतदाता हो, तिमी अर्कै पक्षको जस्तो लाग्छ, गुट परिवर्तन गर्छौ भने भोट दिउँला ।
उमेदवार – मतदाता पनि गुट हुन्छ र हजुर, ?
मतदाता – ए तिमीहरु नेता, शिक्षक, कर्मचारीमा गुट हुन हुने, अनि हामी सर्वसाधरन चै नहुने, अब जनतालाई बेकुफ बनाउने दिन गए, मेरो गुटमा आए भोट दिउला । नभय राम राम ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।