काठमाण्डौ महानगरपालिका वडा नं ९ र ३१ मा उद्घोषण कला तालिम शुरु

काठमाण्डौ महानगरपालिका वडा नं ९ र ३१ मा उद्घोषण कला तालिम शुरु

कपन अनलाइन

काठमाण्डौ ,मंगसिर २३।

काठमाण्डौ महानगरपालिका वडा नं ९ र ३१ मा उद्घोषण कला तालिम शुरु भएको छ। काठमाण्डौ महानगरपालिकाको सहयोग र  बाल सारथीको आयोजनामा भैरहेको सो तलिममा वडा नं ९ र ३१ का स्थानीयहरु सहभागी रहेका छन ।

बाल सारथीकी अध्यक्ष डा. माला खरेलको अध्यक्षता र काठमाण्डौ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यको प्रमुख आतिथ्यतामा उद्घाटन भएको सो तालिम वडा नं ९ को पन्चकुमारी सामुदायिक भवनमा भैरहेको छ।

कार्यक्रम संचालन,संचार,उद्घोषण लगायतका विषयमा प्रशिक्षण प्रदान गरिने सो तिन दीने तालिमको उद्घाटनमा वडा नं ९ का अध्यक्ष रामकृष्ण श्रेष्ठ , वडा नं ९ की सदस्य तथा कार्यक्रम संयोजक सिर्जना खरेल , वडा नं ९ का सदस्यहरु श्रीराम राई,तेजराज अधिकारी ,रचना सुनाम,वडा नं ३१ की सदस्य हुमा आचार्य  लगायतको उपस्थिति रहेको थियो।

तालिमको उद्घाटनमा बोल्दै महानगर प्रमुख शाक्यले वर्तमान समयमा आफ्ना कुरा र सोचहरुलाई अभिव्यक्त गर्न उद्घोषण कला आवस्यक रहेकोले महानगरका सबै वडामा तालिम संचालन गर्ने बताएका थिए।

कार्यक्रममा राम्रो सहभगिता भएकोमा आयोजकलाई धन्यवाद दिदै उनले उद्घोषण कलाले व्यक्तित्व विकासमा निकै ठुलो सहयोग पुग्ने बताएका थिए।

त्यस्तै सो तालिम कार्यक्रमकी संयोजक वडा सदस्य सिर्जना खरेलले तालिमका विषयबस्तुहरुका वारेमा जानकारी दिदै तालिमले शशक्तिकरण र विकासमा सहयोग पुग्ने विस्वास ब्यक्त गरेकी थिइन् ।

तपाइँको प्रतिक्रिया ।