मानव अधिकारका लागि महाभेला शुरु

मानव अधिकारका लागि महाभेला शुरु

कपन अनलाइन

काठमाण्डौ ,मंगसिर २३।
उप–राष्ट्रपति नन्दबहादुर पुनले मानव अधिकार रक्षाका लागि हरेकले आ–आफ्नो भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन  ।
मानव अधिकारका लागि महाभेला आयोजक समितिद्वारा बुधवार राजधानीमा आयोजित कार्यक्रमको उद्घाटन गर्दै उपराष्ट्रपति पुनले शान्ति प्रक्रिया टुङ्ग्याउने प्रक्रियाका लागि विश्वको ध्यान नेपालतर्फ आकर्षित भइरहेको बताउँदै मानव अधिकारको रक्षा प्रक्रियामा सबैको ध्यानाकर्षण गराएका थिए ।
उनले नेपालले मानवअधिकारलगायत अन्तर्राष्ट्रिय अन्य सन्धी महासन्धिमा हस्ताक्षर गरेकोले त्यसको उद्देश्य, लक्ष्य अनुसारको नेपालले काम गनुपर्र्ने अवस्था छ, त्यस अनुरूप राष्ट्रमा गतिविधी नभएको स्वीकार गरेका थिए  ।
उपराष्ट्रपति पुनले मानव अधिकार महासन्धीले गाँस,बास, कपास, स्वास्थ्य शिक्षासहित स्वतन्त्रतापूर्वक बाँच्न पाउने हकको रक्षा नै मानवअधिकार भएको ठहर गरेको छ तर स्वास्थ्य शिक्षा पूर्ण रूपमा निःशुल्क भएको छैन, शान्ति प्रक्रिया टुङ्ग्याउने प्रक्रिया पुरा भएको छैन भन्नुहुँदै यस महाभेलाको निष्कर्षले पनि मानव अधिकारको रक्षाका सघाउने विश्वास व्यक्त गरेका थिए  ।
राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले दीगो विकास शान्तिले पनि कसैलाई पछि नपारौं भन्ने लक्ष्य लिएको छ, मानवअधिकारको सवालमा पनि कुनै क्षेत्र, वर्ग समुदाय छुट्नुहुन्न भन्नुभयो ।
उहाँले ७३ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको सन्दर्भमा आयोजित महाभेला मानवअधिकारको लागि कोसेढुङ्गा सावित हुने बताए  ।
मानवअधिकारवादी नेता दमननाथ ढुङ्गानाले नेपालीले लोकतन्त्र ल्याउन दिएको बलिदानको अर्थपूर्ण बलिदान भए मात्र मानवअधिकवारको दृष्टिकोणले राम्रो हुने बताएका छन  ।
मानवअधिकारकर्मी चरण प्रसाईले नेपालमा शान्ति प्रक्रिया नटुङ्गिएको बताउदै   बेपत्ता भएका व्यक्ति बेपत्ता नै छन, कतिपयले जीउमा छर्रा बोकेर हिडेका छन् भने शान्ति प्रक्रिया भएको १५ वर्षसम्म पनि सङ्क्रमणकालिन न्यायको प्रत्याभूति भएको छैन, यि विविध कारणले शान्ति प्रक्रिया नटुङ्गिएको  ठोकुवा गरेका थिए  ।
सो अवसरमा राष्ट्रिय मानवअधिकार महाभेलाका संयोजक रोशना खड्काले मानवअधिकार रक्षामैत्री समाजको परिकल्पनाका लागि ऐक्यवद्धता र प्रतिवद्धता जनाउँदै महाभेलामा सहभागी सङ्घ संस्था, व्यक्ति अतिथि सबैप्रति आभार वयक्त गरे
उहाँले महाभेलाको अवसरमा आयोजित साताव्यापी कार्यक्रममा सक्रियतापूर्वक सहभागीता जनाउन पनि आग्रह गर्नुभयो ।
गैरसरकारी संस्था महासङ्घका अध्यक्ष जितराम लामाले नेपालमा यत्तिबेला मानवअधिकारको अवस्था ज्यादै दयनिय रहेको बताउँदै यसको रक्षा नगरी लोकतन्त्र सुढृडीकरण र त्यसको सम्वद्र्धन नहुने बताउनुभयो ।
कार्यक्रममा मानवअधिकार महाभेला राष्ट्रिय कदरपत्रद्वारा मानवअधिकार रक्षक अधिवक्ता कृष्णप्रसाद भण्डारी र मानव अधिकार राष्ट्रिय महाभेला कदर सम्मान–२०७७ भद्रमान घले सम्मानित भएका थिए।
त्यसैगरी पद्मरत्न तुलाधर राष्ट्रिय मानव अधिकार तथा शान्ति पुरस्कार २०७८ डा. रेणु अधिकारी र सोही पुरस्कार २०७७ दमननाथ ढुङ्गाना पुरस्कृत भएका छन  ।
शान्तिलक्ष्म महिला मानव अधिकार पुरस्कार–२०७८ मुस्कान खातुन र सोही पुरस्कार २०७७ सपना रोकामगरलाई दिइएको थियो ।
गत वर्ष घोषणा गरिएको पुरस्कार कोरोना महामारीले वितरण गर्न नसकेकोले यस वर्ष दिइएको आयोजकले जनाएको छ।

तपाइँको प्रतिक्रिया ।