अप्रिलीआ बाइक बजारमा

अप्रिलीआ बाइक बजारमा

कपन अनलाइन ,चैत्र १० /युरोपको चर्चित तथा विश्वकै उत्कृष्ट रेसिङ्ग बाइक अप्रिलीआ नेपाली बजारमा भित्रिएको छ । अप्रिलीआलाई नेपाली बजारमा जे.एन. जे. इन्टरनेशनले ल्याएको हो । हाल अप्रिलीआ ब्राण्डको २ वटा मोडल नेपाली बजारमा ल्याईएको छ । जसमा एसटिएक्स रोड र इटीएक्स इन्ड्युरो रहेको छ ।

 

w_38030यी बाइकहरु १५० सिसि क्षमताको रहेको छ । एसटिएक्स रोड बाईक पिच रोडको लागि आकर्षक मानिनेछ भने इटिएक्स इन्ड्युरो जस्तोसुकै अप्ठ्यारोमा पनि सजिलै कुदाउन सकिने हुँदा कच्ची बाटोको लागि उपयुक्त मानिएको छ । हाल एसटिएक्स रोडको सुरुवाती मूल्य रु २ लाख ९० हजार तथा इटिएक्स इन्ड्युरोको रु. ३ लाख ३० हजार रहेको छ । यो बाइक सबै उमेर समूहका लागि उपयुक्त हुने तथा विश्व प्रसिद्ध ब्राण्ड नेपाली उपभोक्ताले प्रयोग गर्न पाउँदा उपभोक्ताले उत्कृष्ट अनुभव गर्नेे कम्पनीका प्रबन्ध निर्देशक जितेन्द्रमान श्रेष्ठको दावी रहेको छ । अप्रिलीआ बाइकले हालसम्म मोटरसाइकल रेसिङ्ग विश्व च्याम्पिसयनसिपमा ५४ वटा मेडल जितेको छ । अप्रिलीआ बाईक सन् १९०५ देखि विश्वप्रसिद्ध पिआजीओ गु्रपले उत्पादन गर्दै आएको छ । निकट भविष्यमा नेपाली उपभोक्ताको माग र चाहनालाई ध्यानमा राख्दै अप्रिलीआ ब्राण्डका अन्य मोडलहरु पनि बजारमा ल्याईने श्रेष्ठले बताउनुभयो ।

तपाइँको प्रतिक्रिया ।