‘मान्छे नमर्ने सहर हुँदैन’ भन्दै बिदा भए पत्रकार

चैत्र १०, काठमाडौँ ।  नेपाल पत्रकार महासंघका केन्द्रिय पार्षद तथा पुर्ण स्मारक उच्च मावि गोदकका प्राचार्य विमल प्रधानले आत्महत्या गरेका छन् । प्रधानले चियामा प्रयोग हुने किटनाशक विषादी प्रयोग गरेर आत्महत्या गरेका हुन् ।
bimal-pradhan (1)
उनले तीन पेजको सुसाइड नोट लेखेर आत्महत्या गरेको जनाएको छ ।  सुसाईट नोटमा ‘राम्रो गर्न खोज्दा गर्न नदिएको’ गुनासो समेटिएको छ । सुर्योदय नगरपालिका आइतबारेको विरेन्द्र माविमा एसएलसीको केन्द्राध्यक्ष रहेका प्रधानले परीक्षा सकेर आफ्नो मुलघर समाल्बुङ जाने क्रममा बाटोमा विषादी सेवन गरेको इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक पदम थपलियाले जानकारी दिए।
‘गर्ने सबैलाई विचार हुँदैन, तर गर्न खोज्नेलाई साथ हुँदैन, राम्रै गर्ने तिमीलाई सबैले खेद्छन्, स्वार्थमा कुद्दा विरोध हुँदैन, मर्न कसैलाई रहर हुँदैन।’ उनले फेसबुकमा लेखेका छन् ।
status-400x110
तपाइँको प्रतिक्रिया ।