विश्वकप क्रिकेटमा सेमिफाइनल खेल वर्षाका कारण रोकियो

विश्वकप क्रिकेटमा सेमिफाइनल खेल वर्षाका कारण रोकियो

काठमाडौ, १० चैत । एक दिवसीय विश्वकप क्रिकेटको पहिलो सेमिफाईनल खेल आजदेखि सुरु भएको छ ।
पहिलो सेमिफाइनलमा न्युजिल्याण्ड र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा भए पनि वर्षाका कारण खेल रोकिएको छ। दक्षिण अफ्रिका टस जितेर ब्याटिङमा उत्रिएको थियो भने न्युजिल्यान्ड बलिङ गरिरहेको थियो ।

ab_de_villiers
वर्षाका कारण खेल रोकिनुअघि दक्षिण अफ्रिकाले ३६ ओभरमा ६ विकेट गुमाएर १६ रन बनाएको छ।
विश्वकप क्रिकेटमा अभागी टोलीहरु भनेर चिनिने यी दुई टोलीबीच आजको विजेता पहिलो पटक विश्वकपको फाइनलमा पुग्नेछ । जारी विश्वकपको सह आयोजक न्युजिल्याण्ड सात पटक सेमिफाईनलमा प्रवेश गरेर पनि फाइनलमा पुग्न सकेको छैन ।
हालसम्म विश्वकपमा न्युजिल्यान्डले ६ पटक र दक्षिण अफ्रिकाले तीनपटक सेमिफाइनलको यात्रा तय गरेका छन् ।
तर फाइनलमा पुग्न भने यी दुवै टोली असफल भएका छन । न्युजिल्यान्डका प्रशिक्षक माइक हेसन दुवै टोली बलियो भएकाले यसै अनुमान गर्न नसिकने दाबी गर्छन ।

तपाइँको प्रतिक्रिया ।