विप्लव माओवादी बन्द फिर्ता

चैत्र १०, काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले आगामी चैत १८ गर्ने भनेको नेपाल बन्द फिर्ता लिएको छ । पक्राउ परेका आफ्ना नेता कार्यकर्ताहरुलाई छाडिएपछि बन्द फिर्ता लिएको हो ।

biplab-new-parrty-150x150

नेकपा माओवादीका महासचिव चन्दले मंगलवार विज्ञप्ति जारी गर्दै आफ्ना कार्यकर्ताहरु रिहा भएकाले बन्द फिर्ता लिएको जनाएका छन् । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत राधेस पन्तको निवासमा कालोझण्डा गाड्ने क्रममा प्रहरीले नेकपा माओवादीका पोलिटब्युरो सदस्य ईश्वरी दाहाल, पूर्व राज्यमन्त्री पदम राई लगायत १७ जनालाई पक्राउ गरेको थियो । चैत ६ गते पक्राउ परेका उनीहरुलाई पाँच दिनपछि प्रहरीले छाडिदिएको हो ।

तपाइँको प्रतिक्रिया ।