आजको मौसम पूर्वानुमान : वर्षा र भारी हिमपातको सम्भावना

आजको मौसम पूर्वानुमान : वर्षा र भारी हिमपातको सम्भावना

कपन अनलाइन

काठमाडौँ, मंगसिर १७।

मौसम पूर्वानुमान महाशाखाले शुक्रबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी तथा बागमती प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भूभागमा आंशिक देखि सामान्य बदली  रहेको छ।

यसैगरी, शुक्रबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। सुदूर पश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र बागमती प्रदेशको पहाडी भूभागको थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको र देशको उच्च पहाडी र हिमाली भूभागको धेरै स्थानहरूमा मध्यमदेखि भारी हिमपातको सम्भावना रहेको छ।

यस्तै, आज राति कर्णाली,  गण्डकी, लुम्बिनी र बागमती प्रदेशमा सामान्य देखि पूर्णतया बदली रहनेछ। देशका बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली  रहनेछ। कर्णाली, गण्डकी, लुम्बिनी र बागमती प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना छ। देशको उच्च पहाडी र हिमाली भूभागको केही स्थानहरूमा  हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ।

तपाइँको प्रतिक्रिया ।