टोखा नगरपालिकामा “मेयर दीघायु” कार्यक्रम शुरु

टोखा नगरपालिकामा “मेयर दीघायु” कार्यक्रम शुरु

कपन अनलाइन

काठमाडौँ, मंगसिर १७।

टोखा नगरपालीकाले आफ्नो नगरमा रहेका अशक्त (५० बर्ष माथिका) अपाङ्ग, घाइते, द्धन्द पिडित, असहाय, लोपोन्मुख, अतिविपन्न, महिला तथा अल्पसंख्यक समुदायलाई लक्षित गरि मेयर दीर्घायु कार्यक्रम संचालन गर्ने भएको छ ।
कार्यक्रम संचालनकालागी कार्यबिधि समेत तयार गरी कार्यान्वयन शुरु गरिएको छ । यस कार्यक्रममा सहभागी भएर आफ्नो समग्र स्वास्थ्य जाँच ९होल बडि चेकअप० गराउन पाईने छ ।
कार्यक्रममा टोखा नगर भित्र बसोबास गरेको वा नगरभित्र व्यवसाय वा अन्य माध्यमबाट कर तिरेको प्रमाण भएको वा अतिविपन्न समुदायको प्रमाणीत परिचयपत्र वा अपाङ्गता सम्बन्धि परिचयपत्र भएकाहरुले सहभागी हुनपाउने छन् ।
उक्त कार्यक्रम यहि मंसिर २५ गते शनिबार देखी बागमती प्रदेश अस्पताल टोखा चण्डेश्वरी-९ साविक चण्डेश्वरी स्वास्थ्यकेन्द्रमा संचालन गरिने छ ।
प्रति हप्ता ९० जनालाई यो सुबिधा उपलब्ध हुनेछ भने प्रत्यक वडाले कार्यक्रम अवधिभर ७० जना नागरिकलाई सिफारिस गरि पठाउन पाउनेछन ।
कार्यक्रममा कुल एक हजार जनालाई समग्र स्वास्थ्य परिक्षण गरिने नगर प्रमुख प्रकाश अधिकारीले बताउनुभएको छ ।
सबै नगरबासीलाई स्वस्थ राख्ने र “स्वस्थ नगर टोखा नगर” बनाउने उदेश्यका साथ मेयर दीर्घायु कार्यक्रम कार्यक्रम संचालन गर्न लागिएको टोखा नगरपालिकाले जनाएको छ ।

तपाइँको प्रतिक्रिया ।