बौद्धबाट चोरीको मोटरसाइकल चलाएको आरोपमा दुईजना पक्राउ

बौद्धबाट चोरीको मोटरसाइकल चलाएको आरोपमा दुईजना पक्राउ

कपन अनलाइन

काठमाण्डौ ,मंगसिर १५ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले नक्कली बिलबुक बनाइ चोरीका मोटरसाइकल चलाएको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।

सादा पोसाकमा खटिएको महाशाखाको टोलीले बौद्धबाट कालो रातो रंङको २२० सी.सी.को प्रदेश ३ -०२-०१४ प ७८३७ नम्बरको पल्सर मोटरसाईकल बास्तविक नम्वर परिवर्तन गरी नक्कली बिलबुक बनाएर मोटरसाइकल चलाइरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा काभ्रे पाँचखाल-४ घर भइ बालाजु बस्ने ३० वर्षीय दिलिप राई चालक र पछाडी सवार गोरखा पालुङटार-९ बस्ने २५ वर्षीय नबिन कोइराला रहेका छन्।

क्त मोटरसाईकलको वास्तविक नम्बर प्रदेश ३ -०२-०११ प ४४०४ रहेको खुल्न आएको छक्त मोटरसाईकलको वास्तविक नम्बर प्रदेश ३ -०२-०११ प ४४०४ रहेको खुल्न आएको

तपाइँको प्रतिक्रिया ।