चौथो चक्रबहादुर स्मृति अन्तर बिद्यालय छात्र फुटबल प्रतियोगिताको क्वाटरफाइनलका खेलहरु सम्पन्न

चौथो चक्रबहादुर स्मृति अन्तर बिद्यालय छात्र फुटबल प्रतियोगिताको क्वाटरफाइनलका खेलहरु सम्पन्न

कपन अनलाइन

काठमाडौँ, मंगसिर १५ ।गोकर्णेश्वर नगरपालिको सहकार्यमा छहारी युवा क्लब द्वारा आयोजना  गरिएको चौथो  चक्रबहादुर स्मृति अन्तर बिद्यालय छात्र फुटबल  प्रतियोगिताको  क्वाटरफाइनलका खेलहरु सम्पन्न भएका छन। गोकर्णेश्वर नगरपालिका वडा नं ८ बेशीगाउ स्थित नेपालय इंगलिस पब्लिक स्कुलको खेल मैदानमा  संचालन  भएको सो प्रतियोगीतामा  कुल २४ वटा  बिध्यालयका  बिद्यार्थीहरुको टिमले  सहभागीता  जनाएका छन ।

मंगसिर ९ गते  देखि शुरु भएको  सो  प्रतियोगीताको  पहिलो क्वाटरफाइनलको पहिलो खेल मनकामना स्कुल र त्रिकोण स्कुल बीच भएको थियो। निकै नै प्रतिस्पर्धात्मक बनेको उक्त खेलमा मनकामना स्कुलले त्रिकोण स्कुल लाइ ८-० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।त्यसैगरि मंगलबार नै भएको दोस्रो क्वाटरफाइनल खेल नेपालय  स्कुल र सांग्रिला स्कुल बीच भएको थियो। उक्त खेलमा  नेपालय स्कुललाइ सांग्रिला स्कुलले २-० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको छ।  सोहि दिन भएको तेस्रो क्वाटरफाइनल खेल माउन्ट ग्लोरी स्कुल र रिम्स स्कुल बीच भएको थियो ।

उक्त खेलमा माउन्ट ग्लोरीले रिम्स स्कुललाई २-० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ।  माउन्ट ग्लोरीको लागि जर्सी नं १४ का संजय लामा र जर्सी नं ६६ का अशिम गुरुङले गोल गर्दै टिमलाइ सेमिफाइनलको यात्रा तय गराए ।प्रतियोगिताको अन्तिम क्वाटरफाइनल खेल त्रिज्योति स्कुल कपन र समता स्कुल बीच भएको थियो ।उक्त खेलमा त्रि ज्योति स्कुलले समता स्कुललाइ१-० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।विद्यार्थीहरुको पढाईमा असर नपुग्ने गरी विहान, बेलुका गरी खेल संचालन  गरिदै आएको सो प्रतियोगितामा प्रथम र दोस्रो हुनेले नगद पुरस्कार सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । त्यसै गरि उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट रक्षक, म्यान अफ द म्याच लाइ पनि ट्रफीको व्यवस्था रहेको आयोजकले जानकारी गराएको छ ।प्रतियोगिता मंगसिर १८ गते सम्म चल्नेछ । उक्त खेलमा रेफ्रीको भूमिकामा प्रदिप लामा र कृष्ण चौधरी रहेका छन ।

तपाइँको प्रतिक्रिया ।