मिजेन्द्रकाजी श्रेष्ठले राप्रपाको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

कपन अनलाइन

काठमाडौं मंगसिर १४। लावण्य सन्देश साप्ताहिकका प्रबन्ध निर्देशक मिजेन्द्रकाजी श्रेष्ठले राप्रपाको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन ।उनि काठमाडौँ जिल्ला क्षेत्र नं. २ को प्रदेश ख बाट महाधिवेशन प्रतिनिधि चुनिएका थिए ।  यस अघि उनि  राप्रपाको मनोनित सदस्य थिए  ।२०५४ सालमा जिविस सदस्यमा निर्वाचित भएका  श्रेष्ठ २०५९ सालमा राजाको शासनकालमा पनि जिविस सदस्यमा मनोनित भएका थिए ।यस अघि काठमाडौँ क्षेत्र नं. २ को सांसद र शंखरापुर नगरपालिकामा राप्रपाको तर्फबाट मेयरको प्रत्यासी रहेका थिए।  उनले  कमल थापाको प्यानलबार्टै केन्द्रीय सदस्यमा उम्मेदवारी दिन लागेका हुन्  ।

फोटो ; लावण्य शन्देश

तपाइँको प्रतिक्रिया ।