साँखुमा सामूहिक ईही (बेल विवाह) गरिने

कपन अनलाइन

काठमाडौँ, मंगसिर १४ ।ज्ञानमाला भजन खलः साँखु र माधवनारायण भजन मण्डल साँखुको संयुक्त आयोजनामा यही २०७८ साल मंसिर २७ गते सोमबार सामूहिक ईही (बेल विवाह) गरिने भएको छ ।नेवार समुदायमा करीब ५, ७ र ९ वर्षको उमेरमा ईही (बेल विवाह) गर्ने प्रचलन रहेको छ । यो परम्परा अनुसार कन्याकेटीहरुको विवाह बेल अर्थात् सुवर्ण कुमार सँग विवाह गराईन्छ । यो विवाह पछि सूर्यदर्शन अर्थात् सूर्य सँग विवाह र त्यसपछि मात्रै केटा केटीबीच विवाह गरिन्छ ।सानो उमेरमै बेलसँग विवाह गरिने भएको हुँदा नेवार कन्याहरु कहिल्यै विधवा हुँदैन भन्ने भनाई रहेको छ ।

नेवार कन्याहरुले बेलविवाहमा सिउँदोमा सिन्दूर हाल्ने गर्दछन् । सामूहिक ईहीको लागि आफ्ना छोरी चेलीहरुको नाम लेखाउन चाहनेले केही शुल्क समेत बुझाउनु पर्ने हुन्छ । त्यो रकम मोटामोटी १ हजार ५ सय जति हुनसक्ने कृष्ण सायमीले जानकारी दिएका छन  ।आयोजक समितिले यही मंसिर २५ गतेभित्र रञ्जन श्रेष्ठ (९८०८३३९७८४), ईन्द्रलक्ष्मी श्रेष्ठ (९८०३७२५२५०) र कृष्ण सायमी (९८४१३९७४३८) सँग सम्पर्क राख्न समेत अनुरोध गरेको छ ।

फोटो : लावण्य सन्देश

तपाइँको प्रतिक्रिया ।